युनिलिभरको ब्राण्ड Sunsilk, नेपालको संभव्त सबै भन्दा ठुलो र भरपर्दो हेयर केयर ब्रान्डले “Sunsilk Dashain Vibes” नामक एउटा डिजिटल अभियान २०२१ देखि सबै प्रकारको सुन्दर कपाल प्रदर्शन गर्दै महोत्सब मनाउने उदेश्यले थालनी गरेको थियो। यस अभियान मार्फत Sunsilk ले एउटा समूह Sunsilk Gang of Girls बनाएको छ, जुन एउटा उल्लेखनीय कदमको रुपमा देखिन्छ। यस अभियानको पहिलो संस्करणको सफलताले दोस्रो संस्करणलाई अझै भब्य बनाउने मार्ग प्रस्तुत गरेको थियो ।

अन्तर्राष्ट्रिय र स्थानिय कम्पनीहरुले डिजिटल अभियान र विशेष गरि इन्फ्लुएन्सर मार्केटिंगमा जोड दिईरहेको समयमा, Sunsilk ले “Sunsilk Dashain Vibes” सहित यसमा अगाडी रहेर एउटा छुट्टै पहिचान बनाएर अरु स्थानिय ब्रान्डहरुलाई मार्ग दर्शन गर्न सफल रही आएको छ । यस वर्ष यो प्रतियोगिता “Let’s Celebrate Hair, Let’s Sunsilk,” भन्ने बिषयबस्तुमा संचालन गरिएको थियो , जसको प्रमुख उदेस्य सबै प्रकारको कपाल र कपालको शैलीलाई कदर गर्ने उत्सवको रुपमा हेरिएको थियो। यो दशैंलाई कपालको मेगा उत्सव को रुपमा स्थापना गर्ने उदेस्यले सबै खालि कपाल प्रदर्शन गर्न प्रतियोगीहरुलाई आमन्त्रण गरिएको थियो। यस प्रतियोगितामा हरेक कपाललाई याद मात्र नभई आफुलाई ब्यक्त गर्ने प्लात्फोर्म पनि थियो।

यसपालिको प्रतियोगिता ले सबै अपेक्षाहरु पार गर्न सफल रहयो । ४,४८५ सहभागि सहित अहिले सम्म कै ठुलो सिजन हुन सफल भएको छ । यस प्रतियोगिताले करिब १७४ मिलियन भ्युज प्राप्त गरि दर्शक माझ आफ्नो राम्रो उपस्थिति देखाउन सफल भएको छ ।

Sunsilk समाजमा एकता र सद्भाव को प्रवृत्ति स्थापना गर्ने अग्रज को रुपमा रहेको छ । Sunsilk Dashain Vibes ले स्थानीय जीवनशैली, संस्कृति, हेयरस्टाइल र दशैंको भावनालाई समेट्ने उत्सवको रूपमा द्रुत रूपमा विकसित भएको छ।

हप्तौं देखिको उत्सुकता पछि, Sunsilk ले तीन उत्कृष्ट युवतीहरु सुश्री सजिना खनाल, सुश्री सुस्मिता बन्जरा र सुश्री विजया प्रधान लाई Sunsilk Dashain Vibes 3 को बिजेताको रुपमा डिसेम्बर २७, २०२३ मा घोषणा गरेको छ।
हरेक बिजेताले रु. १००,००० सहित अर्को वर्षको Sunsilk को प्याकमा प्रस्तुत हुने मौका र Sunsilk Gang of Girls को हिस्सा हुने रोमाञ्चक अवसर पाएका छन् ।

युनिलिभर नेपालका मार्केटिङ प्रमुख, श्री सौरभ करन्जीतका अनुसार, “संभव्त Sunsilk नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्रान्ड हो, जुन व्यापक रुपमा वितरण हुनु का साथै लाखौं उपोभोक्ताले रुचाएका छन्। हामी , सौन्दर्ये निकै सरल रहेको र धेरै माध्याम बाट प्रदर्शन गर्न सकिन्छ भन्ने मा विश्वास गर्छौं। Sunsilk बिस्वस्त छ कि यदि युवतीहरुले आफुलाई ब्यक्त गर्ने मौका पाएमा धेरै अगाडी बढ्न सक्छन, र Sunsilk ले येही मौका प्रधान गरेको छ। हामीलाई Sunsilk का तीन उत्कृष्ट व्यक्तित्व भएका नयाँ विजेताहरुको घोषणा गर्दा निकै गर्ब महसुस भैरहेको छ। हामी, ब्रान्ड र हाम्रा उपभोक्ता हरु स्थानिय चाडपर्ब र संस्कृतिसँग जोडिएको हेर्न चाहन्छौ, Sunsilk Dashain Vibes र Sunsilk Gang of Girls द्वारा हाम्रो येही चाहना पुरा गर्ने प्रयास रहेको छ ।“

Sunsilk Dashain Vibes का तीन भाग्यशाली विजेताहरू अब हाम्रो ब्रान्ड एम्बेसडर, प्रिन्सी र प्रिज्मासँगै उभिएर Sunsilk Gang of Girls मा सामेल हुन तयार छन्। Sunsilk Gang of Girls एउटा समुदाय हो जसले देश भरका धेरै युवतीहरु बीच सौन्दर्य, आत्मविश्वास र बहिनीत्व मनाउँछ।