मिति : २०८०।०९।०६ गते शुक्रबार
समय : १ बजे दिउँसो
स्थान : महान्यायाधिवक्ता कार्यालय, रामशमहपथ सर्वोच्च अदालतसँगै
आयोजक : मायाको पहिचान नेपाल

सर्वोच्च अदालतले ६ पुस २०६४ मा दिएको निर्देशनात्मक आदेश पछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी, दुईलिंगी, अन्तरलिंगी) ले पहिलो पटक पहिचान पाउन सके । सन् २००१ मा संस्था स्थापना, सन् २००७ मा पुरुष र महिला भन्दा भिन्न लैङ्गिक पहिचान भएका नागरिकको हक स्थापित भएको दिनको रूपमा ६ पुसलाई पर्वको रूपमा मनाउन थालेका छौँ ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको पहिचान सहितको हक स्थापित गर्ने पहिलो ऐतिहासिक निर्देशनात्मक आदेश आएको दिन पुस ६ गते दिउँसो १ बजे महान्यायाधिवक्ता कार्यालयमा छलफल कार्यक्रम आयोजना गर्न गइरहेको जानकारी गराउँछौ ।

कार्यक्रम १३ मङ्सिरमा मात्रै पहिलो पटक ‘इन्द्रेणी’ विवाह दर्ता गराउन सफल मायाको पहिचान नेपालका अध्यक्ष माया गुरुङ्ग र सचिव सुरेन्द्र पाण्डेले आफ्नो अनुभव सेयरिङ समेत गर्नुहुनेछ । उक्त कार्यक्रममा आफ्नो जिज्ञासा एवं सुझाव राखिदिनुहुन अनुरोध छ।