शौर्य मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न
“मिथिला चित्रकला मधेशक शान एहिके उजागर करब शौर्यक अभियान” मुल नाराका साथ शौर्य सिमेन्टको आयोजना आयोजित मिथिला लोक चित्रकलाको दोस्रो चरणको प्रतियोगिता सम्पन्न भएको छ । मधेस प्रदेश स्तरमा गरिएको उक्त कार्यक्रममा १ सय ५० वटा भन्दा बढि आबेदन परेको थियो जसबाट दोस्रो चरणमा ७५ जनालाइ छनौट गरिएको थियो । छनौट भएका ७५ जनाले शौर्य सिमेन्ट उद्योग को परिसर स्थित हलमा क्यानभासमा दिइएको बिषय बस्तु अनुसार चित्र बनाउन लगाइएको थियो । उक्त चित्रकलाको आधारमा तेस्रो चरणको लागि १५ जनाको छनौट गरिने छ जसमा शौर्य सिमेन्टको पर्खालमा मिथिला चित्रकला बनाउनु पर्नेछ ।
तेस्रो चरणको प्रतियोगिता पौष २ गतेदेखि ७ गते सम्म चल्नेछ । यस प्रतियोगितामा प्रथम हुनेलाइ ७५ हजार, दुतिय हुनेलाइ ५० हजार, तृतिय हुनेलाइ २५ हजार र बाकि १२ जनालाइ ५ -५ हजार नगद प्रदान गरिने छ ।
उक्त कार्यक्रमको निर्णयक टिममा मिथिला आर्ट ग्यालरिका संचालक श्याम सुन्दर यादब र सुनैना आर्ट ग्यालरी का सुनैना ठाकुर रहनु भएको छ । आफनो समाजिक उतरदायित्व अन्तर्गत शौर्य सिमेन्ट इन्डस्ट्रीजले गरेको यो कार्यक्रमको चौतर्फि प्रसंशा भैरहेको छ ।