बाला चतुर्दशी पर्वमा मृतकहरूका आफन्त र भक्तजन पशुपतिमा शत बीज छर्न आइपुग्नु भएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि हुने बाला चतुर्दशी पर्वका लागि सम्पूर्ण व्यवस्था मिलाइसकेको जनाएको थियो ।
आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनले आइतबार रातभर दीप प्रज्वलन गरी भोलिपल्ट आज सोमबार शत बीज छर्ने प्रचलन छ ।