फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा.लि. ले नेपालमा बिस्वको सबैभन्दा धेरै ब्याट्री उत्पादन गर्ने ब्रान्ड CATL को ब्याट्री जडित Foton High Roof 14 & 15 Seater EV VAN सार्बजनिक गर्ने भएको छ |
उक्त गाडीमा 85 KW को पावर रहेको छ, जुन यस सेग्मेंटको गाडीमा सबैभन्दा धेरै हो (Best in Class – 85 KW power), साथै आरामदाइ यात्राको लागि एस्पेसिअस ठुलो सिट, इन्टेरियर र फुल ए. सी. रहेको छ (Best in Class Comfort) | कम्पनीका अनुसार यसमा ५ वर्ष अथवा ३,००,००० कि. मी. को वारेन्टी रहको छ जुन नेपालमा पाईने गाडीहरु मथ्य सबै भन्दा धेरै हो (Best in Class- 5 Yrs. And 3 Lakh KM. Warranty) |
उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो भ्यान सुरक्षाको दृस्टीकोण पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ।
फोटोन पछिल्लो समय नेपालमा पिकअप, इलेक्ट्रिक लो रूफ भ्यान, इलेक्ट्रिक मिनी ट्रक, एम्बुलेन्स सेग्मेंटमा अत्यन्त लोकप्रिय हुँदै गइरहेको छ । आकर्षक लुक्स र पेर्फोमेन्सले गर्दा फोटोन नेपालको मार्केटमा लोकप्रिय हुन सफल भएको छ।