पृष्ठभुमी ः
जिवाणु ढुुसी तथा एकटोमाइसेट तथा सुक्ष्म जीवाणुबाट उत्पादित तत्वलाई एन्टीवायोटिक प्रतिजैविक भनिन्छ । जस्ले जीवाणु तथा ठुशीजन्य मानिस तथा पशुपंक्षीका रोगका कारक तत्वलाई मार्ने वा तीनको रोग लगाउने क्षमता न्यून गर्ने क्षमता राख्दछ ।
एलेकजान्डर फ्लेमिङ्गले इ.स. १९२० पेनिसिलिन नामक प्रतिजैविकको आविस्कार गरेपछि मानिसका घातक रोगमा यसको सफल प्रयोगको प्रमाण पछि समग्र मानिसको रोग उपचारमा संलग्न चिकित्साकर्मीका लागि एन्टीवायोटिकको प्रयोग रामबाण सरह हुन पुग्यो । जसले गर्दा मानिसको दिर्घ जीवनको आधार पनि ।
पेनिसिलिनको आविस्कार पछि क्रमसः जीवाणु मार्न वा तीनको वंशवृद्धिमा अवरोध पु¥याउने क्षमता भएका विभिन्न खाले जीवाणु विरुद्ध प्रयोग गर्न सकिने प्रतिजैवीक एन्टीवायोटीकहरुको क्रमसः आविस्कार भएका छन् । जुन प्राकृतिक वा प्रसोधित रसायनका रुपमा आज उपलब्ध छन् ।
यी प्रतिजैवीक मानिसको रोग व्याधिको उपचारमा मात्र प्रयोग गरिन्न बरु पशुपंक्षीको रोग व्याधिको उपचारका साथी पशुपंक्षी पालनका विभिन्न क्षेत्र तथा अवस्थामा पनि प्रयोग गरिन्छ, जसबाट पशुपंक्षीका स्वास्थ्य सुरक्षा मात्र गर्दैन बरु उत्पादन तथा उत्पादकत्व बृद्धिमा समेत टेवा पु¥याउछ ।
जसका कारण आम मानिस चिकित्साकर्मी तथा स्वास्थ्य प्राविधिक एवं पशु स्वास्थ्यकर्मी तथा पशु स्वास्थ्य प्राविधिकमा मानविय एवं पशुपंक्षीजन्य जुनसुकै स्वास्थ्य प्रतिकुलताको एउटै समाधान यै एन्टीवायोटिक प्रयोगहो भन्ने भ्रम परेको छ । यसरी निस्प्रयोगको कारण, एन्टीवायोटिकको उती उपयोग तथा दुरुपयोग न्युन उपयोगको काराण् हिजो प्रतिकुल स्वास्थ्य अवस्थाको सफm उपचार गर्न प्रयोग गरिने यो अचुक अस्त्र आज अफैं निस्प्रभावी मात्र भएको छैन । वातावरण एवं पर्यावरणमा विचरण गर्ने मानव तथा पशुपंक्षको स्वास्थ्यमा प्रतिकुल असर पार्ने जीवाणु तथा ठुशीमा यी एन्टीवायोटिकको प्रभाव प्रति शहनशिलताको क्षमता विकाश भएको छ । यसरी जथाभावी प्रयोग गरी गराइएको एन्टीवायोटिकका कारण आज स्वास्थ्य उपचारमा व्यर्थको व्ययभार मात्र थपेको छैन । आज जनस्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा प्रवाहका सचेतनाका लागि इ.स. १९२० कै स्थिति छ ।
पशु स्वास्थ्य एवं पशुपंक्षी उत्पादनमा एन्टीवायोटिकको प्रयोग ः
मानिसका विभिन्न खाले रोग व्याधिको सफल उपचारमा प्रयोग पछि यी प्रतिजैवीकको प्रयोग पशुपंक्षीको रोग व्याधिको उपचारमा पनि प्रयोग गरिन थालियो । आजको स्थितिमा पशु चिकित्साकर्मी, पशु स्वास्थ्य प्राविधिकको त के कुरा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता अनि स्वायं पशुपालक कृषक समेतका लागि आज बजारमा उपलब्ध प्रतिजैवीक पशुपंक्षीका जुनसुकै खाले स्वास्थ्य प्रतिकुलताको उपचार गर्ने अचुक ब्रह्मास्त्र हुन पुगेको छ । के कारणले रोग लाग्यो भनी उचित एवं वैज्ञानिक रोग निदान गर्ने गराउने फुर्सद कसैलाई छैन, किनभने छिमेककै एग्रोमेटमा हलैण्ड, पोलैण्ड, इङलैण्ड, अमेरिकामा बनेका प्रतिजैवीक उपलब्ध छन् ।
अझ डरलाग्दो स्थिति पशुपंक्षी पालन क्षेत्रमा यो भ्रमका कारण पो छ, यो प्रतिजैविक पशुपंक्षीलाई प्रयोग गराईमा छिट्टै तौल वढि पशुपंक्षीको प्रजाति अनुशार समय अगावै हल्लक्क बढ्ने, उत्पादन दिन्छ भन्नेमा जबकी यी प्रतिजैवीकको स्वास्थ्य पशुपंक्षीमा प्रयोग गर्दा, गराउदा कसरी उत्पादन उत्पादकत्व, तौल कसरी बढ्छ, बढाउछ भन्नेमा आजको एक्काइसौं शताब्दीमा पनि पशुचिकित्सा विद्दले भेउ भएका छैनन् । यो त हाम्रो आफ्नो परिवेशमा सिमित आर्थिक श्रोतको दुरुपयोग मात्र हो ।
पशुपंक्षीको शारिरिक वृद्धिका लागि प्रयोग गर्ने गराइने यी प्रतिजैवीक पशुपंक्षीका दाना पानीका माध्यमबाट प्रयोग गर्ने गराइन्छ । यसरी दानामा मिसाएर प्रयोग गराइएका प्रतिजैवीक ८०% त पशुपंक्षीका मलमुत्रमा निस्प्रयोजन विसर्जन भएर जाने गरेको प्राज्ञिक तथ्य भेटिन्छ । यसबाट हुने आर्थिक अपव्ययको मुल्यांकन गर्ने फुर्सद किन प¥यो । किन भने हामी आर्थिक रुपमा सवल छौं । यसरी खास जीवाणु लागी क्षती पु¥याउने वा तीनको संख्यामा वृद्धि न्यनीकरण गराउने आवश्यक मात्रा भन्दा कम प्रयोग गराइएका पशुपंक्षीमा भएका व्याक्टेरियामा सहजरुपमा एन्टीवायोटिकको प्रभावकारिता प्रति शहनशिलताको विकास हुन जान्छ । जुन पशुपंक्षीजन्य उत्पादन, दुध फुल मासुका रुपमा जनसमुदायको खाद्यय श्रृङखलामा प्रवेश गरि मानिसको स्वास्थ्यमा जटिलता उत्पन्न गराउछ । आज जनस्वास्थ्यकर्मीको चिन्ता र चासो यती मात्र हो ।
प्रतिजैविक शहनशील जिवाणुको समस्या उत्पती अनी यीनको प्रभावको प्रसार असर जनस्वास्थ्यमा
जीवाणु मार्ने वा यीनको, संख्यामा वृद्धि न्युन गर्न चाहिने भन्दा कम मात्र कम अवधि अनी उपयुक्त संवाहनमा प्रतिजैवीक गरियो वा गराइयो भने कालान्तरमा जीवाणुहरुले यी प्रति जैवीकलाई सहज पचाई आफुमा यीनको प्रभावकारीताको विरुद्ध सहनशीलताकै क्षमता विकास गर्छन । यसरी जथाभावी न्युन मात्र अवधि अनी उपयुक्त संवाहनमा प्रयोग गरि गराई पशुपंक्षीमा प्रतिजैवीक पशुपंक्षीमा प्रयोग गराइएका पशुपंक्षीबाट प्रतिजैवीक सहनशील जीवाणु ती पशुपंक्षीको मल मुत्र हुर्दै वातावरण एवं हाम्रो पर्यावरणमा समाहित हुन पुग्छन् । माटोमा यसरी पुगेका जीवाणुले माटो पानीमा हुने जीवाणुलाई आफुले प्राप्त मलमुत्रबाट तयार हुने जैवीक मलले प्रतिजैवीक सहनशील जीवाणुको क्षमता वृद्धि गर्न झन मद्दत पु¥याउछ । यस्ता प्रतिजैवीक सहनशील जीवाणु प्रदुषित कृषी भुमीबाट यी जीवाणु हाम्रा खोला नाला, ताल पोखरीको बाटो लागे भने वा बर्षाको भेलमा बगे भने खाने पानी संस्थानले प्रसोधित गरेको पानी अनी जति नै शुद्ध, स्वच्छ अनी स्वास्थ्य भनेको मिनिरल पानी हाम्रो खाद्यय श्रृङखलामा नपुग्ला भन्न सकिन्न है । त्यसो भए हिजो यो जीवाणुलाई यो प्रतिजैवीक त रामबाँण भनेको त आज भुत्ते हुन पुग्यो भने के आइतबार कुर्ने ? त्यसैले पाल्यौं कुखुरा बेच्यौं सुन्य । आज काठमाण्डौं खाल्टामा कुखुरा पाल्ने कृषकको गुनासो छ । अझ दुध पालक कृषकको त गुनासो बेग्ले छ । थुनेलो हुनु भन्दा पहिले एउटा गाईको दुध बेच्दा महिनाको आम्दानी ९ हजार थुनेलो भए पछि औषधि खर्च दिनको २ हजार तै पनि बिरामी निको हुन मान्दैन । बंगुर पालकको कथा के यो फरक होला ?
यसको जनस्वास्थ्य सरोकार के ?
यसरी वातावरण पर्यावरणमा प्रतिजैवीक सहनशील जीवाणुको स्वच्छन्द विचरणले मानिस एवं पशुपंक्षीको स्वास्थ्यको लागि ठुलै चुनौति सृजना गरेको छ । यसरी सृजना भएको स्वास्थ्य प्रतिकुलताका कारण लामो उपचार खर्च, रोग निदानका लागि लाग्ने समय अनि खर्च अझ जति गर्दा पनि उपचार निष्प्रभावी हुनुको साथै मानविय एवं पशुपंक्षीको मृत्युबाट हुने क्षती बारे सोच्नु पर्ने बेला भएको छ । अझ कतिपय प्रतिजैवीक पशुपंक्षीको तौल वृद्धि उत्पादन एवं उत्पादकत्व वृद्धिका लागि प्रयोग गर्ने गराइने गरिन्छ, ती मानिसको स्वास्थ्य प्रतिकुलतामा प्रयोग गरिने समुहसँग मिल जुल्दा हुन्छन । त्यस्ता पशुपंक्षीबाट प्राप्त हुने उत्पादन नियमित प्रयोग गरेका बिरामीमा फेरी त्यही समुह अनी प्रकार एवं प्रकृतिको प्रतिजैवीक विरामी जनसमुदायलाई प्रयोग गरियो, गराइयो भने के विरामी निको होला ? खर्च मनग्गै अनि विरामी आर्यघाट पु¥याउनु प¥यो भने चिन्तित आफन्तले गर्ने भनेको नर्सिङ्गहोम तोडफोड अनि माग्ने क्षतीपुर्ती, नत्र विगत महिना थापाथलीको प्रसुती गृहमा किन हुन्थ्यो त्यो दुर्घटना ।
त्यसैले आज विश्वमा चर्चा छ ःब्च्क्ब् को वृहत औषधि सहनशील स्टाफाइलो कोकस ओरियस जीवाणुको हिजो मेथिसिलिन नामक प्रतिजैवीक यसका लागि रामबाँण भनिन्थ्यो आज भुत्ते भएको छ । अझ इन्टेरोकोकस फिकालिसका लागि अत्याधिक प्रभावकारी भनेको र्भिगोमाइसिन भुत्ते हुन पुग्दा यसका आविस्कारक चिन्तित छन्, विकल्पको खोजीमा ।
मानिस बहेक पनि सालमोनेलका कम्पाइलो व्याक्टर,इ.को लाई, पास्टुरेला जस्ता पशुपंक्षीका घातक जीवाणुले आज बजारमा उपलब्ध सातौं पुस्ताका एन्टीवायोटिकलाई टेरपुच्छर नलाउदा त्रिपुरेश्वर तिरका भेटेरिनरी कम्प्लेक्सका विज्ञ त द्विविधामा छन, अनि एग्रोमेट संचालक त उधारो खाता केलाएर दिन काट्दैछन रे । यस्तो विकराल अनि काहाली लाग्दो समस्या निकारणका लागि युरोप, अमेरिका तिर सन् २००० देखि पशुपंक्षी पालन क्षेत्रमा दाना पानीमा एन्टीवायोटिकको प्रयोग तौल वृद्धि, उत्पादन, तथा उत्पादकत्व वृद्धिका लागि प्रयोगमा निषेध एवं प्रतिबन्ध कानुनी रुपमा गरिएको छ । त्यसैले त्यहाका एन्टिवायोटिक हाम्रा बजारमा सर्वशुलभ ।

पशुपालनमा प्रतिजैवीक प्रयोग ः अनि प्रतिजैवीक सहनशील जीवाणुको वातावरण अनि पर्यावरणमा हुने प्रवाह ः

अव विकल्प पनि सोचौं न ।
यसरी पशुपंक्षीमा अव्यवस्थित, अनियन्त्रित अनि अवैज्ञानिक रुपमा एन्टीवायोटिकको अति प्रयोग न्युन प्रयोग झन निस्प्रयोजन दुरुपयोग ले समग्र मानव स्वास्थ्यमा पु¥याउन सक्ने अकल्पनिय स्वास्थ्यजन्य क्षती बारे आज चिकित्साकर्मी अनि पशु चिकित्साकर्मी गम्भिर रुपमा चिन्तित भएको पाइन्छ । सरोकार वाला बीच सचेतना कार्यक्रम तथा यसको प्रयोग गर्ने, गराउने बारे आचार संहिता नै लागु र्ने हो की ? यसबाहेक कस्तो खालको पशु पंक्षी, के कारण विरामी परेका वैज्ञानिक निदान पछि कुन तहको प्राज्ञिक क्षमता, दक्षता भएका व्यक्तिले सिफारिश गर्ने भन्ने पनि र्निक्यौल गर्नुपर्ला ।
आज सर्वसाधारण पशुपंक्षी पालन क्षेत्रमा संलग्न व्यवसायी, पशु चिकित्साकर्मी, पशु स्वास्थ्य प्राविधिक मनोवैज्ञानिक रुपमा एन्टिवायोटिक प्रयोग गरि नगराई विरामी निको हुदैन भन्ने मानसिकता बोकेर बसेको बेला यसको विकल्पको बारे प्राज्ञिक एवं सचेतना कार्यक्रम संचालन गर्ने पर्ने हुन्छ । यसका लागि ः
१) कृषी तथा पशुपंक्षी पालन क्षेत्रमा प्राज्ञिक एवं वैज्ञानिक रुपमा जीवाणु जन्य रोग निदान नगरी एन्टिवायोटिकको प्रयोग निषेध । प्रयोग गरे, गराइए कानुनी रुपमा दण्ड सजायको भागी हुनु पर्ने कानुनी व्यवस्था ।
२) राज्यको पशु चिकित्सा परिषदमा दर्तावाल पशु चिकित्सा विज्ञानमा न्युनतमस्नातक तह उतिर्ण पशु चिकित्सक बाहेकले एन्टिवायोटिक सिफारिश गर्न गराउन नपाउने वैध कानुनी व्यवस्था ।
३) कृषी तथा पशुपालन क्षेत्रमा के कस्ता अनि कति संख्या, कति अवधि एन्टिवायोटिक प्रयोग गर्ने गराउने गरेको छ जुन साधारणलाई लोक कल्याणकारी कार्य रुपमा सार्वजानिक गर्नु गराउनु पर्ने व्यवस्था त राज्यले गर्नु प¥यो ।
४) मानविय जनस्वास्थ्य कार्यालयले कृषी क्षेत्रमा के कस्ता एन्टिवायोटिक कृषी अनि पशुपालन क्षेत्रमा प्रयोग गर्ने गराइने गरिएको छ सो बारे मानव जनसमुदाय अनि चिकित्साकर्मीलाई यथोचित सुचना प्रवाह गर्नु पर्ने कानुनी व्यवस्था हुन पर्ने ।
५) पशुजन्य उत्पादन थलोमा प्रतिजैवीक सहनशीलता सम्बन्धी निगरानीको कानुनी व्यवस्था गर्ने यसको प्रस्थान विन्दु, वध स्थल, बधशाला, दुग्ध संकलन केन्द्र अनी फुल विक्रि केन्द्र अनि फ्रेस हाउसमा वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन नर्गे पुर्वाधार विकास गर्ने ।
६) यसबारे अध्ययन अनुसंधान राज्यको प्राथामिकतामा पर्नै पर्छ । जसका लागि यथेष्ट आर्थिक श्रोत, प्राविधिक विकास, भौतिक साधन, तालिम, अध्ययन, अवलोकन, भ्रमणको राज्य तर्फबाट सोच्नै पर्छ ।