एम। भि। एस्सी प्रिभेन्टीम। पशु चिकित्सा मेडिसिन सेन्ट्रल लुजोन स्टेट युनीभरसिटि फिलिपिन्स
माइकोटोक्सिन ९ढुसीजन्य बिषाक्ति० शब्द ग्रीक शब्द माइकस ढुशी तथा ल्याटिन शब्द टोकसिकम बिषाक्ति बाट व्युत्पन भएको मानिन्छ । यिनीहरु विषाक्ति गराउने सुक्ष्म ढुशी बाट उत्पादित हुन्छन् । यिनीहरु विविध बाली बोट विरुवा तथा पशुपंछीको दाना बनाउदा प्रयोग गरिने वनस्पतिजन्य सामाग्री जस्तै धान मकै गहु धानको दुधेकनीका, बदामको पिना, तीलको पिना, सुर्य मुखीको पिना, तोरीको पिना, भटमासको पिना, शरीरमा चयापचय हुन्छ निस्कने सहायक उत्पादको रुपमा मानिन्छ । प्रायतः साना अन्न गहु, सोरगम जौ जै धानहरु ढुशीबाट कम प्रभावित हुने गर्दछन् भने मकै बढि प्रभावित हुन्छ ।
हाल सम्म ३००(४०० जति ढुशीजन्य विषाक्ति पहिचान गरिएको छ तर सबैले पशुपंछि मानव लाई असर गरी रोगी बनाउदैनन । तर यी मध्ये, एफलाटोकसिन, ओरका टोकसिन फयुमोनिसिन, भोमीटोकसिन, ट्राइको थेसेन, जेरालेनोन, टि टोकसिन जस्ता ढुशीजन्य विषाक्तिले भने पशुपंक्षि मानव को स्वास्थ्य अवस्थामा दिर्ध तथा जीर्ण खाले असर पु¥याउने गर्दछ । यी ढुशीजन्य विषाक्तीहरु खसगरी फयुजारियम एसपरजीलस तथा पेनीसिलियम प्रजाती बाट उत्पत्ति हुन्छन ।
फयुजारियमलाई खेतमा बालीनाली तथा बोटविरुवामा संक्रमण गराउने ढुशी मानिन्छ भने एसपरजीलस तथा पेनीसिलियम प्रजातीलाई बाली विरुवाबाट उत्पादित अन्न तथा दाल तेलहनका गेडाहरु भण्डारन गर्दा संक्रमण गराउने ढुशी मानिन्छन् यस बाहेक यी ढुशीले उपरोक्त अनुशारका सामाग्री प्रयोग गरी तयार पारिएको दाना भण्डारन गर्दा समेत प्रदुषित गराउछ । ढुशीजन्य विषादीले तीन किसिमको बशांनुगत विकृती गराउछ । कारसियोजेनिक, भ्युटोजेनिक, टेराटोजेनिक यस बाहेक, कोशिकाजन्य विषाक्ति तथा रोग प्रतिरोधक क्षमतामा ह्रास गराउदछ । ढुशीजन्य विषाक्तिले अन्य खाले रोग प्रति ग्रहणशिलता पनि बढाउछ । ढुसी परेका बदाम तथा मकैमा ‘अफ्लाटोक्सिन’ नामक ढुसीजन्य विष हुन्छ । यसले कलेजो र मृगौलाको क्यान्सर हुन सक्छ । गहु, जौ, कफि जस्ता खाद्य पदार्थहरुमा ढुसीको संक्रमण भएमा ओक्राटोक्सिन नामक ढुसीजन्य विष बन्दछ । जसका कारण कलेजो, मृगौला तथा मुत्र नलीमा क्यान्सर हुन सक्दछ ।
गहँु, जौ र मकैमा ‘डिअक्सीनिभालिनोल’ वा ‘निभालिनोल’ भनिने ढुसीजन्य विष पैदा हुनछ । जसको कारण पेट र आन्द्रामा आन्तरिक रक्तश्राव हुन सक्दछ । ढुसी परेको मकैमा फ्युमोनोसिन नामक ढुसीजन्य विष पनि बन्न सक्छ, जसको कारण पुड्कोपना तथा कलेजोको क्यान्सर सम्म गराउन सक्छ ।
ढुसी परेको स्याउमा पाटुलिन नामक ढुसीजन्य विष हुन्छ जसले आन्द्राभित्र रक्तश्रा व गर्ने र क्यान्सर सम्म गराउन सक्दछ । ढुसी परेको मकै, गहु जुनेलो जस्तो खाद्यान्न वालीहरुमा जिरालिनोन भनिने विष हुन सक्दछ । यस प्रकारको ढुसीजन्य विषले मानव स्वास्थ्यमा बाझोपना, गर्भ तुहिने लगायत क्यान्सर जस्ता प्राणघातक रोगहरु लाग्न सक्दछ ।
ढुसीजन्य विषले कसरी काम गर्छ ?
ढुसी परेमा खाद्यान्न वा फलफूलबाट बनेका खाद्य बस्तुहरुमा ढुसीजन्य विष माइकोटोक्सिन रहेको हुन्छ । ढुसी परेका खाद्यान्नबाट बनेका पहुआशार वा दाना पदार्थ पशुलाई खुवाउदा विषको अवशेष पशु÷पंक्षीजन्य उत्पादनहरु, जस्तै मासु, अण्डा, दुध लगायतबाट मानव भोजनमा प्रवेश गर्दछ । खाद्यान्न भण्डारण राम्रसग नभएमा घुन, किरा, चरा, मुसा आदिबाट खाद्यान्न नष्ट हुने साथै त्यस्ता खाद्यान्नमा ढुसीको संक्रमण बढ्न गई ढुसीजन्य विषको जोखिम बढ्ने गर्दछ । खाद्य प्रशोधन गर्दा सरसफाइमा विशेष ध्यान पु¥याउनु पर्दछ । अन्यथा त्यस प्रकारका खाद्य बस्तुहरुमा ढुसी संक्रमण हुन गई ढुसीजन्य विष बन्ने जोखिम बढ्दछ ।
कती खतरनाक छ, माइकोटोक्सिन?
सन् १९६० ताका बेलायतमा विभिन्न पंक्षीपालन फर्महरुमा १ लाख भन्दा बढी टर्की चराको अचानक मृत्यु भयो । यस सम्बन्धमा बैज्ञानिक अनुसन्धान हुदा सन् १९६१ मा आस्परजिलस फ्लाभस नामक ढुसीको कारण पंक्षीको दाना विषाक्त भएको ठहर गरियो र उक्त विषलाई सर्वप्रथम अफ्लाटोक्सिन नाम दिईयो । करिव ४ सय प्रकारका माइकोटोक्सिनहरु हालसम्म बैज्ञानिक तवरले पहिचान भइसकेका छन् । अत्याधिक मात्रामा अफ्लाटोक्सिनयुक्त दूषित खाद्य पदार्थ खानाले मानिस वा पशुको ज्यान तत्कालै जान सक्दछ । जसलाई अफ्लाटोक्सिकोसिस भनिन्छ ।
खाद्य तथा कृषि संगठनको एक प्रतिवेदन अनुसार संसारभर करिव २५ प्रतिशत खाद्यान्न ढुसी संक्रमित भई माइकोटोक्सिनयुक्त भएको जनाईएको छ । जसको कारण अफ्रिका, दक्षिण अमेकिा र एसियाका करिव ५० करोड जनसंख्या माइकोटोक्सिनको उच्च जोखिममा रहेको जनाइएको छ । ढुसीजन्य विष सामान्य तापक्रममा पकाउदा नष्ट नहुने भएकोले त्यस्ता खाद्य बस्तुहरु खानामा प्रयोग गर्नु हुदैन । ढुसी लागेका खाद्य वस्तुलाई सकभर आगोमा जलाएर नष्ट गर्नु पर्दछ । सन २००४ मा अफ्रिकी राज्य केन्याको ग्रामीण इलाकामा अत्याधिक अफ्लाटोक्सिनयुक्त मकै खानामा प्रयोग हुदा १२५ जनाको मृत्यु भएको थियो । सन १९७० मा पश्चिम भारतमा समेत अत्यधिक ढुसीयुक्त मकै खानामा प्रयोग हुदा कम्तिीमा ९७ जनाको ज्यान गएको थियो ।
जोगिने उपायहरु ?
अन्नवालीहरु जस्तै मकै, धान, गहुँ, जौ आदि पाके पछि सफा मौसममा मात्र बाली भित्र्याउने गर्नु पर्दछ । खाद्यान्नवाली भण्डारण गर्नु अघि चर्को घाममा राम्ररी सुकाउनु पर्दछ । राम्ररी नसुकेको खाद्यान्नमा ढुसी पेर्न सम्भावना रहन्छ । खाद्यान्नलाई राम्ररी केलाई बनाई ९निफन्ने, बत्ताउने, छान्ने आदि० गरेर मात्रै भण्डारण गर्नु पर्दछ । खाद्यान्नवाली भण्डारण गर्दा सरसफाईका साथै सुधारिएका भकारीको प्रयोग गर्नु पर्दछ । स्याउ जस्ता फलफूल टिप्दा वा ढुवानी गर्दा बाह्य ठक्कर वा चोटपटक नलाग्ने गरी सुरक्षित तवरले गर्नु पर्दछ ।
मायकोटॉक्सिन परीक्षणस्
माइकोटोक्सिनहरू विषाक्त यौगिकहरू हुन् जुन प्राकृतिक रूपमा निश्चित फंगल प्रजातिहरूद्वारा उत्पादित हुन्छन्। फङ्गल वृद्धि वा मोल्ड फसल काट्नु अघि वा पछि, भण्डारणको समयमा, सामान्यतया तातो वा चिसो अवस्थामा हुन्छ। अधिकांश माइकोटोक्सिनहरू रासायनिक रूपमा स्थिर हुन्छन र खाद्य प्रशोधनमा बाँच्छन्। ।
धेरै माइकोटोक्सिन आज सम्म पहिचान गरिएको छ। सबैभन्दा सामान्य रूपमा हेरिएको माइकोटोक्सिनमा अफलाटोक्सिन, ओक्राटोक्सिन ए, प्याटुलिन र फ्युमोनिसिन समावेश छन्, जुन मानव स्वास्थ्य र पशुपालनका लागि हानिकारक छन्। यी मध्ये, अफलाटोक्सिन सबैभन्दा विषाक्त माइकोटोक्सिन प्रजाति हो। यी स्टोमा केही फङ्गाहरूद्वारा उत्पादन गरिन्छ जसले अन्न, पराल र अन्नलाई नष्ट गर्दछ। खानामा पाइने माइकोटोक्सिनहरू प्राकृतिक रूपमा निश्चित कवकद्वारा उत्पादन हुने विषाक्त पदार्थ हुन्। चिया विभिन्न प्रकारका खानेकुराहरूमा बढ्छ, मुख्यतया नट, सुकेको फल, नट, अन्न, मसला र कफी बीन्स, सामान्यतया तातो र आद्र्र अवस्थाहरूमा। माइकोटोक्सिन एक्सपोजर भनेको माइकोटोक्सिनले प्रत्यक्ष रूपमा दूषित खाना खानु हो। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दूषित छ। जनावरहरूको खपत, विशेष गरी दूध।
केही खानेकुराहरूमा माइकोटोक्सिनको प्रभाव तीव्र हुन्छ। माइकोटोक्सिनहरू गम्भीर रोगका लक्षणहरूद्वारा प्रकट हुन्छन् जुन खाइएका खानेकुराहरू खाएपछि तुरुन्तै देखिन्छन्। खानामा पाइने अन्य माइकोटोक्सिनहरूले क्यान्सर र प्रतिरक्षा दमन सहित दीर्घकालीन स्वास्थ्य प्रभावहरू छन्। ।
आज सम्म पहिचान गरिएका सयौं माइकोटोक्सिनहरू मध्ये, लगभग दस मानव स्वास्थ्यमा तिनीहरूको प्रमुख प्रभावहरूको लागि उल्लेखनीय छन्। ।
माइकोटोक्सिनले विकसित खाना खाँदा मानिसहरूलाई केही स्वास्थ्य समस्याहरू हुन्छन्। माइकोटोक्सिनले मानिस र जनावर दुवैको लागि गम्भीर स्वास्थ्य खतरा निम्त्याउँछ। यी जोखिमहरू तीव्र नशादेखि लिएर दीर्घकालीन प्रभावहरू जस्तै इम्युनोडेफिशियन्सी र क्यान्सरसम्म हुन्छन्। ।
संयुक्त राष्ट्रको खाद्य र कृषि संगठनले माइकोटोक्सिन सहित प्राकृतिक विषाक्त पदार्थहरूको स्वास्थ्य जोखिमहरूको अनुसन्धान र मूल्याङ्कन गरिरहेको छ। केही खाद्य पदार्थहरूमा माइकोटोक्सिनको जोखिमलाई सीमित गर्न अन्तर्राष्ट्रिय मापदण्डहरू र अनुप्रयोग मानकहरू कोडेक्स एलिमेन्टारियस, फूड कोड स्थापना गरिएको छ।