सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार आजको बैठकमा रास्वपा सरकारबाट बाहिरिएपछिको राजनीतिक अवस्था, आसन्न राष्ट्रपति निर्वाचनको उम्मेदवारलगायत विषयमा छलफल भइरहेको छ ।

रास्वपा सरकारबाट बाहिरिए पनि उसले पाएका मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएका छैनन् । सत्ता गठबन्धनका छलफलमा रास्वपालाई फेरि सरकारमा ल्याउनेबारे पनि कुराकानी भइरहेको छ ।