गए राति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु बनाएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गए लगत्तै प्रभावित इलाकामा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन भएको प्रवक्ता भण्डारीको भनाइ छ ।

काठमाडौँ, सुर्खेत र नेपालगञ्जमा डा अधिकृत र स्वास्थ्य सामग्रीसहितको टोली थप उद्धार लागि ‘स्ट्याण्डबाइ’ राखिएको र घाइतेको थप उपचारका लागि सैनिक अस्पताल नेपालगञ्ज र बीरेन्द्र अस्पताल छाउनीमा डा अधिकृतको टोली तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि एनए–०५७ एमआई हेलिकप्टोरमार्फत काठमाडौँबाट चौरजहारीमा तीन जना डाक्टरसहित १६ जना, एनए-०१६०६४ स्काइ ट्रकमार्फत काठमाडौँबाट चौरजहारीमा १६ जना, एनए-०६१ बेल हेलिकोप्टरमार्फत सुर्खेत लामिडाँडामा तीन जना र एनए-०३८ एमआई हेलिकोप्टरमार्फत काठमाडौँबाट चौरजहारीमा २६ जना मेडिकल टिमसहितका फौज परिचालन गरिएको नेपाली सेनाले जनाएको छ ।