नगरले भेला बोलाएर बाँदर आतंक हटाउन पार्क बनाउन आवश्यक सहयोग गरिदिन गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारलाई लेखी पठाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरिले बताए ।

भेलामा नगर प्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा, जिल्ला वन अधिकृत मुकुन्द अधिकारी, सबै वडा अध्यक्ष र कार्यपालिका सदस्य तथा स्थानीय सहभागी थिए । उनीहरूले जैमिनी नगरपालिकाभित्रको बसाइँसराइ रोक्न बाँदर आतङ्क रोक्नुपर्ने धारणा राखेका थिए ।

उनीहरूले बाँदर नियन्त्रण भएमा बसाइँसराइ पनि रोकिने आशा व्यक्त गरेका थिए । ‘हामीलाई बाँदरले धेरै दुःख दिएको छ, बालीनाली खाएको छ, नष्ट गरेको छ जसका कारण घरमा खाने केही बाँकी छैन,’ स्थानीय दुर्गाबहादुर थापाले भने, ‘जैमिनी नगरभित्रका बाँदर ल्याएर संरक्षण गरियो भने खेतिपाती लगाएर खान पाइएला ।’

हरेक घरमा बाँदरको हेरालो राख्दा पनि बाली जोगाउन नसकिएको उनले बताए । वडावडामा बाँदरको समस्या भएपछि कतिपयले घरै छाडेर बसाइ सरेका छन् । घरहरू रित्तिन थालेको र खेतिपाती लगाउने क्रम घटेपछि वस्तीमा छिरेर बाँदरले आतङ्क मच्चाउने गरेको किसानको गुनासो छ । यहाँ बनाउने योजना गरिएअनुसार बाँदरलाई संरक्षण गरेर राख्ने, जङ्गलमै खाने व्यवस्थापन गर्दा समुदायमा खेतिपाती जोगाउने समस्या नहुने सहभागीको भनाइ थियो ।

यस्तै शहरमा पार्टीका माथिल्लो तहका नेताहरुको सेटिङमा ठगी धन्दा चलेको छ। यो आतंक रोख्न सरकार गम्भीर भएर लाग्नु आवस्यक रहेको जनस्तरमा कुरा उठेको छ।