काठमाडौं । नेपालमा अहिलेसम्मकै सवैभन्दा धेरै पर्यटक भित्रिएका छन् । सन् २०२३ अक्टोबर, एक महिनामा आएका पर्यटकको संख्याले नेपालमा भित्रिएका पर्यटकहरुको पुरानो रेकर्ड तोडेको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।  पर्यटन बोर्डका अनुसार अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्। यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च संख्या हो। यसअघिका महिनाहरूमा मासिक एक लाखसम्म पर्यटक घुम्न आएका थिए। अक्टोबरमा भने पर्यटक बढेको छ। कोभिडअघिको तुलनामा अक्टोबरमा १०६.०४ प्रतिशतले बढ भएको बोर्डले जनाएको छ। कोभिडअघि अर्थात् सन् २०१९ को अक्टोबरमा एक लाख १० हजार ६२२ पर्यटक आएका थिए।   त्यसपछि क्रमशः २०२० मा एक हजार ८३१, सन् २०२१ मा १५ हजार ७१५ र सन् २०२२ मा ५२ हजार १२१ पर्यटक आएका थिए। तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक भित्रिएका छन्।  कुन देशबाट कति भित्रिएः भारतः १८ हजार ४८० अमेरिकाः १४ हजार ८७९ बेलायतः ८ हजार २१७ चीनः ६ हजार ८८० अष्ट्रेलियाः ६ हजार ०७५ जर्मनीः ५ हजार ९१६ फ्रान्सः ५ हजार २७१ बंगलादेशः ४ हजार २९२ श्रीलंकाः २ हजार ५०७ इटालीः २ हजार ४६७