यस कुमारी क्यापिटल लिमिटेडले पाचौं बर्ष पूरा गरी छैठौं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा मिति २०८०÷०६÷३० गते मंगलबारको दिन नक्साल बक्सिङ क्लब, नागपोखरी को प्राङ्गणमा “रक्तदान जिवन दान” भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा सहभागी भई सहयोग गरिदिनु हुने सम्पूर्ण रक्तदाता महानुभावहरु, नेपाल रेडक्रस सोसाइटी तथा का.म.न.पा.वडा नं. १ लाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।

साथै, आगामी बर्षहरुमा पनि मानविय सेवामा हजुरहरुको साथ र सहयोगको अपेक्षा गर्दै यस संस्थाबाट प्रदान गरिने सेवालाई अझ सहज रुपमा यहाँहरु समक्ष पू¥याउने जानकारी गराउँदै २०८० सालको बिजयदशमी, शुभदिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।