काठमाडौं । नेपाल प्रवेशको एक वर्षभन्दा बढी समय हुँदा बोशले नेपालालाई रणनीतिक महत्वको क्षेत्रको रुपमा पहिचान गर्दै आफ्नो प्रतिबद्धता पुनस्र्थापित गरेको छ । प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपूर्तिकर्ता बोशले बजारमा लगानी जारी राख्नेछ भने अब्बल डिजेल सर्भिस दिनेछ ।

आफ्नो पहिलो भ्रमणमा, भारतमा बोशसमूहका अध्यक्ष तथा बोश लिमिटेडका प्रबन्ध निर्देशक गुरुप्रसाद मुद्लापुरले “नेपालमा विशिष्ट भौगोलिक लाभ र युवा उपभोक्ता जनसंख्याको अद्वितीय मिश्रण छ । विशाल अप्रयुक्त सम्भावनाका साथ यस क्षेत्रसँग आशाजनक भविष्य छ । बोशले यस संक्रमणको केन्द्र बिन्दु हुन चाहेको छ । हामीले यहाँ डिजेलका पार्टपुर्जाहरूको लागि बलियो सेवा सञ्जाल विकास गर्नुपर्ने आवश्यकता बुझेका छौं र विश्वास एवं उच्च गुणस्तरीय कार्यसम्पादन मार्फत सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छौं” भन्दै त्यसको पुनःपुष्टि गर्नुभयो ।

सन् २०२२ को मेमा सम्पर्क कार्यालय खोलिसकेपछि नै बोशले अटोमोटिभ, पावर टुल्स, भवन प्रविधि, घरासयी उपकरण र स्वास्थ्यसेवा क्षेत्रमा उत्पादन र समाधानहरुको विस्तृत शृंखला प्रदान गर्दै आएको थियो ।

सँगसँगै इकोसिस्टमको सपोर्ट, त्यसको हेरचाह र विस्तार गर्ने प्रमाणको रुपमा बोशले भर्खरै काठमाडौंमा आफ्नो पहिलो बोश डिजेल सर्भिस (बीडीएस) साझेदारहरुको भेला आयोजना गरेको छ । उक्त भेलामा बोशका मुख्य अटोमोटिभ वितरकहरु, नेपालमा यसका बीडीएस साझेदाहरु र प्रमुख अटो ओईएमहरु सहित करिब ६५ जना सहभागी थिए ।

बोश नेपालका कन्ट्री हेड श्री सन्दीप कामत भन्नुहुन्छ, “अटोमोटिभ सेग्मेन्टमा बोश यसअघि नै तीन हजारभन्दा बढी डिलरका लागि नेपालका हरेक प्रदेशमा विस्तार भइसकेको छ । हामी हाम्रा सबै इकोसिस्टम साझेदारसँग व्यापक रुपमा सहकार्य गर्नेछौं । यो विस्तारले हामीलाई ती क्षेत्रमा सक्कली र उच्च गुणस्तरीय पार्टपुर्जाको महत्व स्थापित गर्न पनि मदत गर्नेछ । मोबिलिटी बाहेक बोशले नेपालका प्रमुख जलविद्युत् र निर्माण परियोजनालाई पनि सेवा दिइरहेको छ र विक्रीपछिको सेवाका लागि समर्पित केन्द्र स्थापना गरेको छ । सीसीटीभी, सार्वजनिक ठेगाना, आगलागी चेतावनी प्रणाली समेटिएको बोशको भवन प्रविधि सोलुसन्स पनि देशका प्रमुख प्रतिष्ठानहरुमा जडान गरिएका छन् ।”

थप जानकारीका लागि सम्पर्क व्यक्तिः
सोमदत्त सेन
फोनः +९१ ९८३३५९६४१०
इमेलः क्यmमबततब।कभल२ष्ल।दयकअज।अयm

बोश ग्रुपका बारेमा
द बोश ग्रुप प्रविधि र सेवाको नेतृत्वदायी विश्वव्यापी आपूर्तिकर्ता हो । सन् २०२२ को डिसेम्बर ३१ सम्मको आँकडा अनुसार यसले विश्वभर ४ लाख २१ हजारजनालाई रोजगारी दिएको छ । प्रारम्भिक तथ्यांकअनुसार यो कम्पनीको सन् २०२२ को बिक्री ८८.२ अर्ब युरो बराबर छ । यसको सञ्चालन व्यवसायका चार क्षेत्रमा विभाजित छन्ः मोबिलिटी, औद्योगिक प्रविधि, सर्वसाधारणले प्रयोग गर्ने वस्तु (कन्जुमर गुड्स) र ऊर्जा तथा भवन प्रविधि हुन् । प्रमुख आईओटी प्रदायकको रुपमा बोशले स्मार्ट घर, इन्डस्ट्री ४.० र कनेक्टेड मोबिलिटीका लागि नयाँ नयाँ सलुसन्सहरु प्रदान गर्दछ । बोशले दीर्घकालीन, सुरक्षित र रोमाञ्चकारी मोबिलिटीको भिजन पछ्याइरहेको छ । यसले आफ्नो विज्ञता सेन्सर प्रविधि, सफ्टवेयर र सेवामा प्रयोग गर्दछ । यसको आफ्नै आइओटी क्लाउड छ । यसको उद्देश्य आफ्ना ग्राहकलाई एउटै स्रोतबाट संयोजित, क्रस–डोमेन समाधानहरु प्रस्तुत गर्नु हो । बोश
समूहको रणनीतिक उद्देश्य कृत्रिम बौद्धिकता (एआई)युक्त वा यसको सहयोगमा उत्पादित वा विकसित वस्तु र समाधानसँग जोडिएको जीवनलाई सहजीकरण गर्नु हो । बोशले नवीन उत्पादन र सेवामार्फत विश्वभरको जीवनको गुणस्तर सुधार गर्दै उमंग जागृत गराउँछ । छोटकरीमा भन्नुपर्दा यसले ‘जीवनका लागि आविष्कार गरिएको’ प्रविधि सिर्जना गर्दछ ।

द बोश ग्रुपमा रोबर्ट बोश जिएमबिएच र यसका करिब ४६८ भगिनी संस्था तथा ६० देशमा छरिएका क्षेत्रीय कम्पनीहरु छन् । सेल्स एन्ड सर्भिस पार्टनरसहित बोशको ग्लोबल म्यानुफ्याक्चरिङ, इन्जिनियरिङ र बिक्री सञ्जालले विश्वका लगभग सबै मुलुकलाई समेट्छ । विश्वभर ४०० भन्दा बढी ठेगाना रहेको बोश ग्रुप सन् २०२० को पहिलो त्रैमासदेखि कार्बन न्युट्रल (कार्बन तटस्थ) बनेको छ । कम्पनीको भावी प्रगतिको आधार यसको नवप्रवर्तन शक्ति हो । विश्वका १३६ ठेगानामा बोसले ८५ हजार ५०० जनशक्तिलाई अनुसन्धान र विकासमा खटाएको छ, जसमा ४४ हजारभन्दा बढी सफ्टवेयर इन्जिनियर छन् ।

यो कम्पनी सन् १८८६ मा स्टुटगार्टमा रोबर्ट बोश (१८६१–१९४२)ले ‘वर्कसप फर प्रिसिसन मेकानिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियर’को नामबाट स्थापना गर्नुभएको हो । रोबर्ट बोश जिएमबिएचको विशेष स्वामित्व संरचनाले बोस समूहको उद्यमसम्बन्धी स्वतन्त्रताको ग्यारेन्टी गर्छ, जसले गर्दा कम्पनीलाई दीर्घकालीन योजना बनाउन र आफ्नो भविष्यको सुरक्षामा महत्वपूर्ण अग्रिम लगानीहरु गर्न सम्भव बनाउँछ । रोबर्ट बोश जिएमबिएचको ९४ प्रतिशत सेयर पुँजी परोपकारी फाउन्डेसन रोबर्ट बोश स्टिफ्टुङ जिएमबिएचसँग छ । बाँकी शेयर रोबर्ट बोश जिएमबिएचसँग र बोश परिवारको स्वामित्वमा रहेको एउटा निगमसँग छ । बहुमत मताधिकार रोबर्ट बोश इन्डस्ट्रिएट्रेउहान्ड केजीसँग छ । यो चाहिँ औद्योगिक ट्रस्ट हो । उद्यमसम्बन्धी स्वामित्वको काम सोही ट्रस्टबाट हुन्छ ।

अनलाइनमार्फत थप जानकारीका लागि ः
www.bosch.com, www.iot.bosch.com, www.bosch-press.com, www.twitter.com/BoschPress