नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित भएकी छन् । उनी रामचन्द्र संघाई प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

श्रेष्ठले अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको प्यानलका भरतराज आचार्यलाई हराइन् । १६ सय ५० मत खसेकोमा ५० मत गन्न बाँकी रहँदा उनले आचार्यसँग एक सयभन्दा बढीको अग्रता बनाएर जित सुनिश्चित गरेकी हुन् ।

वरिष्ठ उपाध्यक्षको मत गणना भने सुरु हुन बाँकी छ । नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।