गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन अघिनै बाबुराम भट्टराई नेतृत्व गरेको नेपाल समाजबादीपार्टी र माओवादी केन्द्र बीच पार्टी एकता गर्ने सहमति सहित दुई दल एउटै निर्वाचन चिन्हमा चुनावमा गएका थिए । एउटै चुनाव चिन्हमा चुनाव लड्नुकाे अर्थ कालान्तरमा एउटै पार्टी बनाउनु नै थियाे । त्यही सहमति अनुसार नै अध्यक्ष बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोर्खा निर्वाध रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई छोडिएका थिए । तर यति वेला भट्टराईले उनको त्यो त्यागकाे परिणाम के हाेला ? भन्ने सायद कमै अनुमान गरे । यतिवेला भट्टराईको दल र माओवादी केन्द्रबीचको एकतामात्र टरेको छैन । डाक्टर भट्टराइसँग सँगै रहेका उनको दलका एक संघीय सांसद र प्रदेश सांसद पनि उनिसँग साथमा नरहने अवस्था सृजना भएको छ । त्यसो त भट्टराई अहिले पनि माओवादी केन्द्रसँग पार्टी एकताको पक्षमा छन् । उनि माओवादी केन्द्रलाई रिब्रान्डिङग गर्ने सोच सहित पार्टी एकताका लागि प्रचण्डलाई प्रस्ताव समेत पठाएका थिए । यसैको तयारी अनुसार उनले माओवादीको पछिल्लो केन्द्रीय समिति बैठकमा समेत उनले उपस्थित नेताहरुलाई पार्टीको भावि कार्यभार र रणनीतिका सम्वन्धमा लामै प्रतिवेदन लेखेर इमेल गरेका थिए । तर माओवादी पार्टी अध्यक्ष प्रचण्ड भने बाबुरामसँगको पार्टी एकता भन्दा पनि उपेन्द्र यादव र विपप्ल नेतृत्व नेकपासँग एकताको हात बढाए । समाजबादी मोर्चा गठन गर्न भन्दै यादव र चन्दसँग  नजिकिए भने बाबुरामको प्रस्ताव अघि बढेन । आफुले पठाएको पार्टी एकता प्रस्तावलाइ महत्व नदिइ विप्लव र उपेन्द्रसँग नजिकिएसँग भट्टराईलाई भने चिसो पसेको थियो । उनको आशंका बमोजिम प्रचण्ड उनिसँग टाढिदै गए भने विप्लव र उपेन्द्रसँग नजिकिदै । भट्टराईलाई आफ्नो दलमा प्रवेश गराउन नचाहनु, समग्र माओवादी केन्द्रको भन्दा पनि प्रचण्डले आफ्नो काउन्टरको रुपमा भटटराई हेर्दा यस्तो अवस्था आएको  पूर्व माओवादी नेताहरु विश्लेषण छ । प्रचण्डले अहिले एकछत्र नेतृत्व गरिरहेका छन् । तर भट्टराईलाई  भित्राउनु भनेकाे चुनाैती पनि संगै भित्राउनु हाे । ‘जनयुद्धको कालखण्डमा होस वा शान्ति प्रकृया पछिका कालखण्डमा किन नहोस  प्रचण्डले सधै आफुलाई केन्द्रमा राखेर राजनीति गरेको देखिन्छ । सधै आफुलाई शक्तिमा राख्ने र आफु अनुकुल दललाइ चलाउन सक्ने वातावरण बनाउन पार्टी भित्रपनि एकलाइ बोक्ने र अर्कोलाई ठोक्ने नीति उहाँको पुरानै नीति हो । जुन विषय पछिल्लो पटक पदाधिकारी चयनमा समेत देखियो । जहाँसम्म बाबुरामसँग पार्टी एकताको कुरा थियो त नहुनु प्रचण्डले बाबुरामलाई पार्टीमा ल्याउँदा थ्रेट महसुस गर्नु मुख्य विषय हो,’ माओवादी श्रोतका अनुसार दुई नेता माओवादीमा प्रदेश गर्ने लगभग पक्का भइसकेको छ । यसै मेसोमा पार्टीको नाम फेर्ने कामसमेत हुन सक्नेछ । माओवादीले नाम परिवर्तनबारे अन्तर पार्टी सर्कुलर पठाइसकेको छ । माओवादी केन्द्रका एक पदाधिकारीले पनि प्रचण्डको  विप्लव र कृष्ण बहादुर महरा मोह र सल्लाहका कारण नै बाबुराम भटराइसँग पार्टी एकता टरेको बताउछन् । बाबुरामालाइ ल्याउँदा प्रतिस्पर्धी आउने थ्रेट प्रचण्डले गरेको हुन सक्ने उनले बताए । माओवादी केन्द्रमा बाबुराम भट्टराई नल्याए पनि उनका दुई सांसदहरु प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादव र बागमति प्रदेश सभा सदस्य गंगा नारायण श्रेष्ठ भने माओवादी केन्द्रमा प्रवेश गर्न बातावरण प्रचण्डले निर्माण गरेको र केही दिनमा दुई सांसद माओवादी केन्द्रमा प्रवेश गर्ने पनि उनले जानकारी दिए । यी दुवै नेता अहिले बाबुराम भन्दा धेरै प्रचण्डसँगकाे सम्पर्कमा छन् । प्रचण्डले पनि जनमत पार्टीलाई सरकारमा भित्राउँदा बरू माओवादीकै अमनलाल माेदीलाई हटाए, महेन्द्र राय यादवलाई बचाए ।