मिति ः २०८०÷०४÷३२

प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको शारिरिक व्यायमको लागि { Total Physical Fitness Center सँग मिति २०८० साल साउन ३१ गते सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री आशिष गौचन र { Total Physical Fitness Center को तर्फबाट प्रबन्ध निर्देशक श्री सुमन पण्डितले हस्ताक्षर गरेका हुन । क्यापिटलका ग्राहकहरुलेFitness Center मा सेवा लिदाँ २८% सम्म छुट पाउनका साथै निशूल्क साउना कुपन पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर{ Total Physical Fitness Center लाई उपलब्ध गराउनु पर्नेछ यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्ष सम्म लिन सक्नेछन् ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको { Total Physical Fitness Center अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एण्ड टोन, कार्डियो, जुम्बा, योग र जिम जस्ता विभिन्न उपकरणहरु रहेका छन र उक्त ँFitness Center मा भर्ना भएपश्चात शुरुमा सात दिनको प्रशिक्षण कार्यक्रम संचालन हुने र अन्य दिनमा समेत प्रशिक्षकको निगरानीमा सम्पूर्ण व्यायमहरु गर्न पाईनेछ । खानपानमा समेत ध्यान दिदैंFitness Center मा Dietician को पनि व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।
प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।