काठमाण्डौ । देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले आफुलाई एउटा मिटरब्याजी समुहले ज्यान मार्ने धम्की दिएको बताएका छन् । चौलागाँइका अनुसार उनलाई न्युरोडका देविवास सहकारीका सञ्चालक वासु श्रेष्ठ, देवेन्द्र आचार्य, विक्रम वानियाँ र शैलेन्द्र शर्माको समुहले शनिवार साँझ ९८५११८२९३० बाट ९८४१२९७७५ मा देविवास सहकारीका संचालक वाशु श्रेष्ठले घमण्ड देखाउँदै सिआइबी र हनुमान ढोका प्रहरीमार्फत आफुलाई उठाउने र गोली हानी हत्या गर्ने भनी धम्की दिएका हुन् । नीज बासु श्रेष्ठ लगायतका समुहलाई देउराली अध्यक्ष चौलागाँइले गत असार १२ गते ५ रोपनी जग्गा खाइ दिएको र नगद ३० करोड रकम मिटरब्याज मार्फत लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता गराएका थिए । सो मुद्धा कार्वाहीका लागि अघि बढेपछि आफुलाई मार्ने धम्कीका साथै मार्नलाई विभिन्न समुहलाई सुपारी समेत दिएको चौलागाइको भनाइ छ । चौलागाँई भन्छन् ‘मैले ललितपुर प्रहरी प्रशासनलाई खवर गरि धम्कीपूर्ण अभिब्यक्तिको अडियो बुझाएको छु । यदि आफु तलमाथी भए नीज मिटरब्याजी समुह नै पर्ने उनले बताएका छन् ।