नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाइ गरेको छ । सम्झौता अनुसार कम्पनीले कार्गो प्रयोजनको लागि यस पिकअप ट्रकको डेलिभरी एरामेक्सलाइ गरेको हो । सिंगल चार्जमा २८० किलोमिटर रेन्ज दिने यस इलेक्ट्रिक पिकअप ट्रकले १४०० kg को भारबहन क्षमता रहेको कम्पनीले जनाएको छ। एसी, टच स्क्रिन, पावरविन्डो जस्ता प्रिमियम फिचरका कारण यस इलेक्ट्रिक पिकअप ट्रक एकदमनै लक्जरी रहेको छ जसका कारण धेरै ग्राहकहरुको रोजाई रहेको कम्पनिले जनाएको छ ।

कम्पनीका सेल्स हेड नविन आचार्यका अनुसार यी इलेक्ट्रिक पिकअप ट्रकको प्रयोगले राजमार्गहरूमा कार्बन उत्सर्जन कम गर्नुका साथै उपभोक्ताले डिजेल गाडीको तुलनामामा कम लगानीमा बढी भन्दा बढी आम्दानी गर्न सक्ने छन् ।

यसअघि कम्पनीले २३५ किलोमिटर रेन्जको बिभिन्न कार्गो तथा १४ र १५ सिटर प्यासेन्जर भ्यान नेपाली बजारमा उपलब्ध गराउदै आएको छ। पर्यावरण र ग्राहकको हितका लागि सधैव सक्रिय रहने कम्पनिको दावी छ ।