सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा छ ष्ल ज्ञ सेवा सार्वजनिक गरेको छ ।
सानिमा छ ष्ल ज्ञ सेवा सानिमा घ ष्ल ज्ञ खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो । यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोजन रहेको छ । सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवाले बैंकको वेवसाइटमा उपलब्ध अनलाइन प्लेटफर्म मार्फत डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा, मेरो शेयर र दोस्रो बजारबाट शेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकहरूलाई सहज बनाउँछ ।
सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिंग प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो ।
सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।