(असार २४, २०८०)
काठमाडौंः NEPALPAY QR मा नेपालका अग्रणी डिजिटल वालेट  IMEPay, Khalti तथा  PrabhuPAY    आवद्ध भएसंगै ग्राहकहरुले यी वालेटहरु प्रयोग गरी NEPALPAY QR     को मर्चेन्टमा त्तच् स्क्यान गरी भुक्तानी गर्न गर्न सक्ने भएका छन् ।
नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, स्प्यारो पे का प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा प्रभुपे का अपरेसन्स तथा फाइनान्स हेड, रवि सिग्देल लगायत बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधि र विभिन्न मिडिया सञ्चारकर्मीहरुको उपस्थितिमा आज काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा संयुक्त रुपमा यी सेवाहरू सार्वजनिक भएको घोषणा गरिएको हो ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी NEPALPAY QR    सञ्चालनमा ल्याइएको हो । QR स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त NEPALPAY QR मा Issuing app, मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ ।  NEPALPAY QR मा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूले  QR Merchant Enrolment  सेवा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरूबाट NEPALPAY QRस्क्यान गरी भुक्तानी गर्न सकिन्छ भने अन्य संस्थाहरु पनि थपिने क्रममा छन् । आईएमई पे, खल्ती र प्रभु पे का क्रमशः ४० लाख, ३७ लाख र ९ लाख प्रयोगकर्ताहरु रहेका छन् ।
NEPALPAY QR को नेटवर्कमा ३ लाख ५० हजार त्तच् मर्चेन्टहरु छन् र हालै smartQR  संगको अन्तरआवद्धता पश्चात अब ६ लाख भन्दा बढि मर्चेन्टहरुको पहुँच हुनेछ । मर्चेन्टहरुको बिलिङ्ग प्रणाली वा एइक् डिभाइस वा इकर्मस पोर्टलको पेमेन्ट गेटवेमा, फिजिकल QR वा डाइनामिक QR को रुपमा उक्त SMART QRउपलब्ध रहेका छन् ।
NEPALPAY QR अब बैंक तथा वित्तिय संस्थाको मोबाइल बैंकिङ्गका ग्राहकहरु, वालेटका ग्राहकहरु, अयललभअतक्ष्एक् प्रयोगकर्ताहरु लगायत डिजिटल पहुँच भएका प्रयोगकर्ताहरु माझ पुगिसकेको छ । आईएमई पे, खल्ती र प्रभुपेले ल्भ्एब्ीएब्थ् त्तच् सँगको यस साझेदारीले ग्राहकहरुलाई क्युआर सम्बन्धी भुक्तानीहरु गर्न थप सहज हुने विश्वास गरिएको छ ।
थप जानकारीको लागि कृपया  www.nchl.com.np मा हेर्नुहोस् ।