सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौं तथा समाज डेण्टल हस्पिटल, नयाँ बानेश्वर, काठमाडौं बिच सहकार्य गर्ने सम्बन्धमा मिति २०८० आषाढ १५ गतेका दिन एक अर्काले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आइरहेका सेवाहरुमा विशेष छुट दिने योजनाहरु सहित सनइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री बिजय लाल श्रेष्ठ तथा समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर श्री शंखु घिमिरे बिच द्धिपक्षीय सम्झौता भएको छ ।
सन्राइज क्यापिटल लि.ले समाज समाज डेण्टल हस्पिटलका कर्मचारी ग्राहकहरुलार्ई प्रदान गरिने सहुलियतहरु ः—
ड्ड निःशुल्क डिम्याट खाता खोल्ने सुविधा ।
ड्ड डिम्याट खोलिएको एक आ.व.को डिम्याट शुल्कमा छुट ।
ड्ड पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५०% तथा पर्फरमेन्स शुल्मा २०% छुट ।
ड्ड निः शुल्क पोर्टफोलियो परामर्श सेवा
ड्ड निः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा
ड्ड आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था गरिने ।
समाज डेण्टल हस्पिटलले सन्राइज क्यापिटल लि.का कर्मचारी ग्राहकहरुलाई प्रदाद गरिने सहुलियतहरु ः—
ड्ड निःशुल्क विशेषज्ञ परामर्श ।
ड्ड दाँत तथा मुखको परिक्षण जस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५% छुट ।