जिवीत पशु पंक्षिहरुमा मांसपेशी जन्य सामान्य गतिविधि हुन तीनमा ग्लाईकोजनको आवश्यकता पर्दछ । स्वस्थ्य तथा प्रशस्त आहारा गर्ने जनावरमा मांसपेशिहरुमा ग्लाइकोजनको मात्रा उच्चतम हुन्छ । पशुपंक्षि वध पछि यो ग्लाइकोजन ल्याकटिक एसिडमा परिणत हुन्छ जस्का कारण मांसपेशि तथा पशुपंक्षिको जिउ अररो हुन्छ । वध गरेको पशुबाट मासुजन्य तयार गर्दा ल्याकटिक एसिडको आवश्यकता पर्छ जसले मासुलाई स्वादिलो मुलायम, कमलो बनाउन मद्दत गर्छ । साथै मासु लामो समय संचय गरी राख्न पनि सकिन्छ, गुणस्तर पनि विग्रदैन ,तथा मासुको स्वभाविक रंग पनि सुरक्षित हुन्छ । यदि पशु पंक्षि ढुवानी गर्दा , तनाव ग्रस्त हुन पहगे वा वध गर्नु अघि नै तनाव ग्रस्त हुन पहगे भने त्यस्ता पशुपंक्षिको मांसपेशीबाट ग्लाइकोजन निर्खन जान्छ । त्यस्ता पशुपंक्षिबाट प्राप्त हुने मासुमा यस्को तह अनि मात्रा घटेर जान्छ । जस्को कारणले मासुको गुणस्तरमा असर पु्याउछ।
कमलो थिलथिले मासुः
यस्तो मासु सुंगुर वंगुर प्रजाती वध गर्न केहि छिन अगाडि, ढुवानी साधनवाट आराल्दा, समात्न खोज्दा, खोरमा हुल्दा, वध अघि वेहोस गर्दा, असजिलो भइ, उफ्रीने, दौड्ने, भाग्ने, वा तर्सिन गई तनाव ग्रस्त भए देखिन्छ । यस्ले गर्दा यती वेला बंगुरहरुको शरीरको मांसपेशी हुने जैविक रसायनिक कृया प्रकृयाका कारण मांसपेशीमा संचित ग्लाइकोजन छिट्टै विग्रह हुने गर्छ जस्का कारण त्यस्ता पशुबाट प्राप्त हुने मासु फोस्रो हुनुकन साथै, ती मासुमा अम्लियपनको मात्रा वढेर जान्छ र नराम्रो स्वादको पनि । यस्ता अवस्थाको पशुबाट प्राप्त मासुबमट प्राप्त हुने, कुनै पनि मासुजन्य परिकार वनाउन वा प्रशोधन गरी राख्न पनि सकिन्न, प्रायजसो मासु खेर जाने हुन्छ । त्यसैले वध गर्नु अघि वंगुर प्रजातीहरुलाई वध गर्नु अघि कम्तिमा एक घण्टा आराम गर्न दिनुका साथै , वध गर्दाको वेला भ्mयाङटाङ, झुन्टुङग वा दौडाउने नगर्ने हो भने यो समस्याबाट मुक्ती पाईन्छ ।
कालो, कडा, सुख्खा मासुः
यस्तो अवस्था भेडा, खसी, वोका, रांगा, कुखुरा तथा कहिले कांहि वंगुरको मासु तयार वध गर्दा देखिन्छ । मासु कालो सुख्खा र कडा खाल्को देखिन्ट । ढुवानीको वेला पशु पंक्षि तनाव ग्रस्त हुन पुगे वा ढुवानी साधनबाट आराल्दा कुट्ने पिट्ने, दौडाउने वा वध गर्ने वेला असजिलो गरी लडाउने, बाँध्ने, मुन्टाउने गर्दा यी पशुपंक्षिको शरीरमा भएको ग्लाइकोजन खर्च भएर जान्छ, जस्ले गर्दा वध गरेपछि तयार गरीने मासुमा ल्याकटीक एसिडको मात्रा न्यून हुने गर्छ । जस्का कारण मासु, कालो, कडा, सुख्खा देखिन्छ । यस्तो मासु न्यून गुणस्तरको मानिन्छ, अत्याधिक रंग कालो देखिने हुँदा उपभोक्ताहरुले मन पराउँदैनन् र चाडै विग्रीन्छ पनि । यस्ले वध गर्नु अधि पहुपंक्षि तनाव ग्रस्त, चोट ग्रस्त वा विरामी थिए भन्ने संकेत पनि गर्छ । त्यसैले वध गर्ने गरिने पशुपंक्षि वध गर्नु अघि तनाव मुक्त, चोटपटकहरुबाट मुक्त अनि स्वस्थ्य हुनै पर्छ ।यस्का लागी वधस्थल, वधशाला तथा मासु पसलमा वध गरीने पशु पंक्षिलाई कम्तिमा २४ घण्टा आराम गर्न दिनु पर्छ ।
त्यसो भएमा ओसार पसार वा ढुवानीका क्रममा तनाव ग्रस्त हुन पुगेका पशुको मांसपेशी खर्च र्भको ग्लाइकोजन पुनः सोधभर्ना हुन सकोस् । वध गरिने पशुबाट प्राप्त हुने मासुमा ग्लाइकोजनको मात्रा उच्चतम हुनु पर्छ जस्ले गर्दा मासु तयार गर्दा, मासु प्रसोधन गर्दा त्यो मासुमा ल्याकटिक एसिड यथेपढ तयार हुन सकोस त्यस्ता मासु २४ घण्टा पछि जाँच गर्दा मासुको पि।एच। ६।२ वा कम हुनु पर्छ । यो मात्रा यसभन्दा बढी भएमा यस्ले संकेत गर्छ कि मासुको श्रोतका पशु वध गर्नु अघि कित तनाव ग्रस्त यात चोट ग्रस्त वा विरामी थिए । मांसपेशीमा ल्याकटिक एसीडको उपस्थितीले मासु कांट छांट गर्दा वधस्थल, वधशाला वा मासु पसलमा जिवाणु जन्य संक्रमण मासु हुन न्यूनिकरण गर्छ । नत्र यी जिवाणु मासु विगार्ने, मासुबाट दुर्गन्ध आउने, भिजेको जस्तो देखिने वा चिपचिपे अवस्थामा पु्याउँछ । यदी यसरी मासु प्रदुर्षण गराउने जिवाणु मासुजन्य विषक्ती गराउने दाल्का भए त्यस्ता मासु उपभोग गर्ने जनमानस विरामी पर्न सक्छन, साथै महंगो उपचार खर्च पनि गर्नु पर्ने हुन्छ ।
ढुवानीका क्रम्मा पशुलाई लठ्ठीले हिर्काउने, ढुङगाले हान्ने वा पशुहरु एक आपसमा जुद्दा सिङले चोट पु्याउने साथै ढुवानी साधनमा भएका धारीला तिखा धातुका भागसंग ठोक्किन पुगे वा चेप्पिएर बस्नु परे चिप्लीएर लडे पशुको शरीरमा विभिन्न खाले चोट पटक वा सुम्ला वस्न सक्छ । यो भनेको माथीका घटना, दुर्घटना हुँदा सानो सुम्ला वस्नुका साथै ठूलै चोटपटकका साथै जीउका हाडहरु भाँच्चिन पनि सक्छ । जस्का कारण त्यस ठाउँमा वाहिर नदेखिने गरी मांसपेशी रगत संचार गर्न नशा टुट्फुट् भएर रगत शरीरको कुनै भाग कुनै अंग वा संपुर्ण शरीरमा चुहिएर जान सक्छ । त्यस्ता पशुहरुबाट प्राप्त हुने मासु खान योग्य हुँदैन्न ।
कारणहरु स्
१। रगतले नशा लतपतिएको मासु उपभोतmाले मन पराउँदैन्न र स्वास्थ्यका लागी उपयुक्त पनि मानिदैन ।
२। यस्ता पशुको मासु मासुजन्य कुनै किसिमका परिकार वनाउन वा प्रसोधन गरी संचय पनि गनै सकिन्न ।
३। यस्ता मासु चाडै सड्ने गल्ने हुन्छन् , रगतले लत्पतिएको मासु पहिले नै जिवाणुबाट प्रदुषित त हुन्छ नै, थप प्रदुषणको डर पनि ।त्यसैले मासु निरिक्षणका क्रममा त्यस्ता मासु प्रमाणित गरिनु हुँदैन।
छालाको गुणस्तर स्
जुनसुकै प्रजातिको पशु वध गरिएको भए पनि तीनबाट प्राप्त हुने छाला उच्च गुणस्तर तथा चोटपटक मुतm हुनु पर्छ । जस्ले गर्दा तीनबाट मुल्यवान छालाजन्य सामाग्री उत्पादन गर्न सकिन्छ ।
वध अघि छाला कसरी विग्रन सक्छ स्
जथाभावी छालामा नै चोटपटक हुने गरी चिन्ह लगाएमा, पशुलाई ढुङगाले हिर्काएमा, सुइरोले घोचेमा, लठ्ठीले हिर्काएमा काँडेतारमा अल्झिएमा वा सिङले चोट पु्याएमा, कोचाकोच हुने गरी ढुवानी गरेमा वा उपयुतm किसिमको वाहनमा ढुवानी नगरेमा, वध गर्ने बेलामा जनावरलाई जथाभावी उत्तेजित गरेमा आफैं चोट ग्रस्त हुन सक्छन । जनावरलाई जथाभावी हिर्काएमा वा बलगरी हुत्याएमा, पछारेमा, वध अघि वा वध पछि पशुलको जीउ भुईमा लछार पछार गरेमा छाला विग्रन सक्छ । यि नहुन दिन पशुपंक्षि ढुवानी गर्दा पशु कल्याणका वारे ध्यान पु्याउने हो भने यी उत्पादनको मुल्य उच्च राख्न सकिन्छ ।