गोरखा / २०५७ चैत १७ गते गोरखा जेलब्रेक गर्ने कमरेड रिताकी १७ वर्षीय छोरी जेसिका थापा क्यान्सर रोगले ग्रस्त भएको र घरको आर्थिक अवस्था नाजुक भएको कारण उपचारमा समस्या भएकोले मेरी छोरीलाई बचाईदिनुहोस भन्दै रिताले अपिल गरेकी छन। रिताको कुनै रोजगार नभएको र भारतको होटलमा काम गर्ने श्रीमान छोरी बिरामी भएपछि घर फर्केकाले झन समस्या भएको उनको भनाइ छ।

रिता (कविता थापा मगर)ले छोरीको उपचारार्थ दौडधूप गरिरहेकी भए पनि कतैबाट सहयोग पाएकी छैनन् । सरकारी निकाय र सत्तारुढ माओवादी केन्द्रले सरकारसँग रकम नभएको बताएको रिताको गुनासो छ । तर पनि सत्तारुढ माओवादी निकट नेताकार्यकर्ताले रितालाइ सहयोग गर्ने जनाएका छन । राज्य ढुकुटीबाट नेता र उनीहरुका आसेपासेले स्वास्थ्य उपचारको नाममा करोडौं लिएका छन् ।

सरकारका अधिकारीका अनुसार आर्थिक वर्ष २०७८/०७९मा उपल्लो तहका ७ जना नेताले राज्यको ढुकुटीबाट लिएको खर्च विवरण हेर्ने हो भने पूर्व प्रम शेरबहादुर देउवा– रु. ६० लाख ,
प्रम पुष्पकमल दाहाल– रु. ५० लाख ,जनार्दन शर्मा‘प्रभाकर’– रु. ४५ लाख ,माधव नेपाल रु. ३० लाख ,रामचन्द्र पौडेल रु. ३० लाख ,झलनाथ खनाल रु. २० लाख ,रामवरण यादव रु. १० लाख रुपैया लिएको देखिएको छ।

शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गराइरहेकी क्यान्सर पीडित रिताकी छोरी जेसिका थापाको उपचारार्थ अनिल शर्माको नेतृत्वमा नेकपा सम्बद्ध कार्यकर्ता–नेताले चैत १७ गते रु २३ हजार ३ सय रुपैयाँ सङ्कलन गरी प्रदान गरेका छन् । सलाम अनिल शर्मालाई