धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक भएको छ । शुक्रबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बजेट सार्वजनिक गरेका हुन् ।

सांसदलाई ३ करोड

चालु आर्थिक वर्षको तुतनामा आगामी बजेटको आकार घटाएर सार्वजनिक गरिएको छ । कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब ५९ करोड ६० लाख अर्थात ३२ दशमलव ७९ प्रतिशत र पुँजीगतर्फ १७ अर्ब दुई करोड २३ लाख ६० हजार अर्थात ५८ दशमलव १६ प्रतिशत रहेको छ ।

सार्वजनिक बजेटमा भौतिक पूर्वाधार विकास अन्तर्गत सडक र पुलका लागि पाँच अर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ । प्रदेशमा आगामी आर्थिक वर्षमा १० वटा सडक पुल योजना निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको छ । त्यस्तै खानेपानीका लागि एक अर्ब ७७ करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेशका नौवटै जिल्लामा खानेपानी तथा ढल निकासका लागि प्रदेश सरकारले एक अर्ब ७७ करोड विनियोजन गरिएको छ । साथै प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सवारीसाधन खरिद नगर्ने बताएको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री शाहीले अन्तरप्रदेश वित्तिय हस्तान्तरणमा दुई अर्ब ३४ करोड ७५ लाख र वित्तिय व्वस्थातर्फ ३० करोड बजेट विनियोजन गरेका छन् ।

सांसदलाई ३ करोड बजेट

सुदूरपश्चिम प्रदेश सरकारले सांसदहरुको छनोटमा योजना सञ्चालन गर्न बजेट विनियोजन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री शाहीले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गर्दै प्रत्येक प्रदेश सभा क्षेत्रका लागि ३ करोड विनियोजन गरेका हुन् ।

राजधानी दैनिक बाट