नेपाल–भारतबिच क्रस बोर्डर पेमेन्ट (डिजिटल भुक्तानी) सम्बन्धी सम्झौता भएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल क्लियरिङ हाउस र एनपीसीआई क्रसबोर्डर भुक्तानी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपालकातर्फबाट एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेश प्रधान र भारतका तर्फबाट एनपीआईएलका सिईओ रितेश शुक्लाले सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

यससंगै नेपाली नागरिकले भारतीय बजारमा र भारतीय नागरिकले नेपालमा वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्नसक्ने छन् ।

भारतको विश्वव्यापी निकै लोकप्रिय भुक्तानीको साधन रु–पेले नेपालमा समेत आधिकारिकता पाउने छ ।

भारतीय राष्ट्रिय भुक्तान निगम एनपीसीआईबाट जारी हुने रु–पे विश्वव्यापी कार्ड प्रणाली भिसा र मास्टर कार्ड जस्तै भारत आफैँले सुरुवात गरेको बैङ्किङ कार्ड हो।