रास्वपाको एपमार्फत उम्मेदवारी, एपमार्फत नै मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन निर्माणमा जुटेको छ । विभिन्न पार्टीले विभिन्न तहका समिति निर्माण गर्दा सोही तहको भेला, बैठकले गर्ने गरेको भए पनि रास्वपाले त्योभन्दा फरक शैलीमा डिजिटल प्लेटफर्ममार्फत संगठन निर्माणमा जुटेको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति गठनका लागि पार्टीले उम्मेदवारको प्रारम्भिक नामावली बिहीबार प्रकाशन गरेको छ । संगठन विस्तारका क्रममा रहेको रास्वपाले यसअघि नै निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन’bout जानकारी दिँदै निवेदन आह्वान गरेको थियो ।

प्राप्त निवेदनको आधारमा रास्वपाले प्रारम्भिक समितिको नामावली सार्वजनिक गर्दै सातै प्रदेशमा संगठन निर्माणका लागि जिम्मेवारी तोकेको छ । सातै प्रदेशमा एक समिति गठन गर्दै यस’bout प्राप्त उजुरीको अध्ययन, अनुसन्धान तथा विवाद’bout निर्णय गर्ने अधिकारसमेत दिइएको छ ।

समितिमा रहन पार्टीका सदस्यहरूबाट इच्छुकले १५ चैतसम्ममा आवेदन दिएको महामन्त्री एवं प्रवक्ता डा. मुलुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीको एपमार्फत आवेदन प्राप्त भएपछि एपमार्फत नै ती नामावली सार्वजनिक गरिएको हो ।

रास्वपाले नामावली सार्वजनिक गर्दै ११ जेठ बिहान १० बजेदेखि १२ जेठ साँझ ६ बजेसम्म दाबी विरोध तथा उम्मेदवारी फिर्ता गर्न सकिने समय दिइएको छ । यसका लागि सम्बन्धित प्रदेशको दाबी विरोध छानबिन समितिसँग सम्पर्क गर्नुपर्नेछ ।

१६ जेठ बिहान ७ बजेदेखि २० जेठ साँझ ७ बजेसम्म रास्वपाको मोबाइल एप (पार्टीको वेबसाइटमार्फत मतदान गर्न नमिल्ने)बाट मतदान गर्न सक्ने व्यवस्था पार्टीले गरेको छ ।

निर्वाचनको सम्पूर्ण परिणाम २० जेठमा पार्टीको मोबाइल एप र सामाजिक सञ्जालमार्फत प्रकाशन गर्ने रास्वपाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रदेश संगठन इन्चार्ज ज्ञानेन्द्र महताको संयोजकत्वमा प्रदेश समितिका सभापति प्रकाश विष्ट र प्रदेश महामन्त्री भोजराज जोशी सदस्य छन् । कर्णाली प्रदेशमा प्रदेश संगठन इन्चार्ज पवन देवकोटाको संयोजकत्वमा प्रदेश सभापति धीरजबहादुर वली र प्रदेश महामन्त्री चन्द्रकला विक सदस्य छन् ।

लुम्बिनी प्रदेशमा प्रदेश संगठन इन्चार्ज गणेश पौडेल संयोजक र प्रदेश सभापति देवराज पाठक, प्रदेश महामन्त्री नीजराज अधिकारी सदस्य तोकिएका छन् । गण्डकी प्रदेशमा प्रदेश संगठन इन्चार्ज झविलाल डुमे्र संयोजक र प्रदेश सभापति राजन गौतम, महामन्त्री अशोक खड्का सदस्य रहेका छन् ।

बाग्मती प्रदेशमा केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठ संयोजक र प्रदेश सभापति डा. अच्यूतम लामिछाने, प्रदेश महामन्त्री जिता बराल सदस्य रहेका छन् । मधेस प्रदेशमा केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठ संयोजक र प्रदेश सभापति तपेश्वर यादव, प्रदेश महामन्त्री मनीषकुमार साह सदस्य तोकिएका छन् । यसैगरी, कोसी प्रदेशमा प्रदेश संगठन इन्चार्ज ओम भण्डारी संयोजक र प्रदेश सभापति राजेश तिम्सिना, प्रदेश महामन्त्री लालविक्रम थापा सदस्य रहेको समिति गठन भएको छ ।राजधानी दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *