नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ ।शुक्रबार सभामुखले बैठक सुरू गर्ने बित्तिकै एमालेका सांसदहरू उठेर विरोध जनाएका हुन् ।

एमालेका सांसदहरू उठेर विरोध जनाएपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए।

गिरीले पशुपतिनाथमा सुन भनेर पित्तल हालेको निराधार आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि  लगाएको बताए । उनले सत्तापक्षीय सांसदले लगाएको उक्त आरोप रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखे ।

यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै ‘पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए।