यसप्रति आक्रोशित हुँदै माओवादी सशस्त्र द्वन्द्वका बेला पत्नी भूमिसरा ओली गुमाएका माओवादी केन्द्रका केन्द्रीय सदस्य ‘सुदीप’ले ‘इतिहासतिर फर्केर गौरवपूर्ण जनयुद्धमाथि प्रश्न गर्नेले कान खोलेर सुन’ शीर्षकमा सामाजिक सञ्जालमार्फत नै एमाले सचिव भट्टराईले सात प्रतिप्रश्न गरेका हुन्।

‘स्कुल पढ्दै गरेको ११ वर्षीय दिलबहादुर रम्तेललाई स्कुलमै गोली हानेर हत्याको सुरुवात के राज्यले गरेको थिएन’, सुदीपको प्रतिप्रश्न छ, ‘…सांस्कृतिक कार्यक्रम सकेर हिँड्दै गरेकी मेरो जीवनसंगिनी भूमिसरा ओली र गंगा घर्तीलाई एकघण्टा हिँडाए। सैनिक क्याम्पमा २०५९ जेठमा पुर्‍याएको देख्ने तिम्रा दर्जनौँ कार्यकर्तालाई सोध– रातभर के गरियो र भोलिपल्ट दोहोरो भिडन्तमा मारिएको प्रचार गरियो, यो कुरा बुझ्दैनौ?’

यस क्रममा नेता सुदीपले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपामा रहँदा भट्टराईले खेलेको भूमिका र बोलेका कुराको प्रसंग पनि उठाएका छन्।

‘नेकपाको विधान र प्रतिवेदनमा आफैँले हस्ताक्षर गर्दा के होलीवाइनको नशामा बेहोस हुनुहुन्थ्यो’, सुदीपले सोधेका छन्, ‘२०७६ सालमा पार्टी कार्यालयमा गरिएको जनयुद्ध दिवसको सन्दर्भमा तपाईंले बोलेका कुरा केवल झुटका पुलिन्दा थिए?’

हेर्नुहोस् झकबहादुर मल्लको स्टाटस