सर्वोच्च अदालतले रेशमलाल चौधरीकाे जन्मकैदकाे सजायलाइ सदर गरेकाे छ । कैलालीको टीकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी चाैधरी हाल डिल्लीबजार कारागारमा छन् ।मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले यसअघि चौधरीलाई उच्च अदालतले गरेको जन्मकैदको फैसला सदर गरेको हाे ।

अदालतले टीकापुर घटनामा मुछिएका सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । यस्तै लक्ष्मण थारुको हकमा ५ वर्षको कैद सजाय घटाएर ३ वर्ष कायम गरिएको छ ।