काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधबार कान्छारामको घरबाट पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ। आफुलाई पक्राउ पर्ने निश्चित भएपछि खाँड ठेकेदार कान्छारामको घरमा गएका थिए । प्रहरी आएको चाल पाएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाँड चुकुल लगाएर बसेको पाईएको छ। प्रहरी अधिकारीहरूका अनुसार जरूरी पुर्जी बोकेर प्रहरीहरू बुधबार ९ बजे मैजुवहाल स्थित कान्छारामको घरमा पुगेका थिए।