प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
प्रधानमन्त्री दाहालसहित शीर्ष तीनबीच आज बालुवाटारमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । छलफल अहिले पनि जारी छ ।

तीन शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणसहित समसामयिक विषयमा कुराकानी भइरहेको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइल व्यक्ति पनि तानिएपछि पछिल्लो समय शीर्ष नेताबीचको भेट बाक्लिएको छ ।

पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी यस प्रकरणमा तानिएपछि ओलीले निरन्तर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरिरहेका थिए ।
पछिल्लो समय सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेसका केही नेताको नाम पनि नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।