सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईहरु मिति २०८०/०१/०६ गते देखि सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला भईरहेकोमा आवेदन दिनको लागि आज मिति २०८०/०१/२० गते अन्तिम दिन रहेको छ । कुल जारी इकाईको हालसम्म ९०५ आवेदन प्राप्त भएको जानकारी अवगत गराउदछौं । साथै सो निष्कासनमा मेरो शेयर App मार्फत आवेदन दिने समय आज बेलुकी ५ः०० बजेसम्म मात्र खुल्ला रहने छ ।