पुर्व माओवादी नेता तथा बर्तमान एमाले उपाध्यक्ष बादल र सचिव टोपबहादुर रायमाझी माओवादी छोड्नु परेको कारण बाहिर आउन थालेको छ। ओलि प्रधानमन्त्री हुँदा बादल र रायमाझीलाई मन्त्री पद दिइएको थियो । मन्त्री पद र  उनका छोराहरुको ठगी धन्दा लुकाउन उनीहरुले सरकार तथा ओलि रोजेको पुष्ठि भएको माओवादी उच्च नेताले अग्निज्वालालाइ बताएका छन। बादल गृहमन्त्री हुँदा दुबै जनाले छोराहरूलाई प्रयोग गरि नक्कली भुटानी शरणार्थी काण्ड घटाएको बुझिएको छ। नेकपा बिभाजन हुँदा एमाले किन रोजे भन्ने कुरा अहिले बिस्तारै खुल्दै गएको छ। पैसा कमाउन र छोराले गरेको कर्तुत लुकाउन एमाले रोजेको बुझिएको छ।

यसै कारणले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको र पक्राउ गर्ने तयारीमा प्रहरी रहेको उच्च स्रोतले जानकारी दियो । बादल र रायमाझीका छोरा नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्यहरु रहेको प्रहरीले पुष्ठि गरेको छ।