बरिष्ट पशु स्वास्थ्य व्यवस्थापन सल्लाहकार डिभाइन भेटेरीनरी क्लिनिक सिनामंगल
पानि हाम्रो जीवन को एउटा अत्यन्त आवश्यक हिस्सा हो । सफाई लिएर अन्य कामहरुका लागी पानिको प्रयोग गरिन्छ । हाम्रो हरेक दिनको जीवनमा यस्ले एक अत्यावश्यक भुमिका निभाउँछ । यस कुराको अर्थ हामी हाम्रो बरीपरि हुने गतिविधिहरु बाट थाहा पाउन सक्तर्छौ । मानिसको शरीरमा ७० प्रतिशत हिस्सा पानीको हुन्छ । त्यसैले भनिन्छ जल भै जीवन हो ।
विश्वमा धेरै भाग्यमानी मानिसहरु छन् जसलाई २४ सै घण्टा पानी उपलब्ध भइरहेको छ । जवकि दुनियाको एउटा ठुलो हिस्सा यस्तो पनि छ जसलाई सफा पानी त के पानी सम्म पाइ राखेको छैनन । यस दिवस मनाउनु को महत्व यति मात्र हो कि हामी सवैले त्यो संसाधन बचाउनलाई सँगै छौ जुन हाम्रो जीवनको महन्वपूणर् अंग मानिन्छ । आज हामी जस्तो वातावरणमा वाची राखेका छौ त्यस्को लागी हामी आफै जीम्मेवार छौ यो दिनले हामीलाई सम्झना गारउट कि हामी ले कुन चीजहरुलाई बचाउनु पर्ने हो । एउटा समय थियो जव हर ठाउँमा कुआ तलाउ, नहर नदिहरु देखिन्थीए तर अव पानीको स्तर विस्तारै कम हुर्दै गई राखेको छ । जसले गर्दा विश्व भरिका जल संकट बढ्दो छ ।
जलवायु परिवतनको युगमा जल संकट स्
पानीलाई बचाउन अव लगनको साथ सार्थै संकल्प एवं दृष्टताको पनी आवश्यकता छ । प्रत्येक वर्ष २२ मार्च विश्व जल दिवसका रुपमा मनाउदै आफ्नो जीवनमा यस्को महत्वलाई पुनः स्मरण गर्दै हामीले अतरआत्मामा सम्झना राख्नु पर्ने छ कि आजको युग जलवायु परिवर्तन को हो । यस्को आशय हो हामीले ती सवै गर्नु आवश्यक छ जुन संभव छन् । वर्षाको पानीको प्रत्येक थोपाबचाएर पानीको उपलब्धता बढाउनु आवश्यक छ । वर्षाको पानीको प्रत्येक थोपालाई समझदारीका साथ उपयोग गर्नुपर्ने छ । साथ साथै हामीले यो पनि सुनिश्चित गर्नुपर्ने छ उपयोग गरेको पानीको प्रत्येक थोपाको पुर्नप्रयोग एव नविनिकरण होस एवं पानी पनि प्रदुषित नहोस यती सवै कुराहरु त हामीलाई थाहा छ अनी गरि पनि राखेका छौ तर जलवायु परिवर्तनको युगमा यती मात्र प्रत्याप्त भएन ।
हामी बाट जे सम्भव छ हामीले ठुलो मात्रामा अनी द्रुत रुपमा गर्नुपर्ने हुन्छ साथै हाम्रो तरीका पनि बदलिनु पर्ने हुन्छ । हामीलाई थाहा छ जलवायु परिवर्तन को असल प्रभाव लगातार बढ्दो तापमान एवं अप्रत्याशित तथा अत्याधिक वर्षाको रुपमा देखिन्छ । दुवैको जलचक्र सँग प्रत्यक्ष सम्बन्ध छ । यसैले जलवायु परिवर्तनको कनै पनि समाधान पानी तथा यस्को प्रवन्धन सँग सम्बन्धीत हुनु पर्नेछ ।
हामीलाई थाहा छ आजभोली हर नया साल इतिहासको सवै भन्दा गर्मीको साल भइ राखेको छ जहिले सम्म अर्को वर्षकाृ गर्मीले रेकड नतोडोस । आजभोली देशका विभिन्न भागहरुमा पुष माघ कै महिनामा तापमान सामान्य भन्दा बढी हुने रेकड तोडदै छ । जव कि वर्ष २०२१ला-निना को वर्ष थियो -ला-निना बास्तवमा प्रशान्त महासागरबाट उठनेत्यो जल धाराके जस्ले वैश्वीक स्तरमा तापमान कम गर्न मद्दत गर्दछ । तर मौसम वैज्ञानिकहरुका अनुशार ग्लोवल वार्मीङग ले यस शितलीकरण प्रभावलाई कमजोर पार्‍यो लगातार बढ्दो तापमानको असर जल सुरक्षामा पर्नु स्वभाविक हो । सवै भन्दा पहिले यसको अर्थ हो कि सवै जलाशयहरुमा अधिक वाष्पीकरण हुने छ । यस्ले गर्दा पानी भण्डारण गर्ने संरचनाहरु निर्माण गरेर नपुग्ने रहेछ बरु बाष्पीकरणका कारण हुने क्षती कम गर्ने योजना पनि बनाउनु पर्ने छ । यस्को एउटा विकल्प भुमीगत जल भण्डारण वा अर्को शब्दहरुमा भन्ने हो भने कुवा इनारमा काम गर्ने ।
हामी कहाँ हेर्ने हो भने भुजल प्रणालीहरुको व्यवस्थापनमा लामो समय देखि ध्यान दिइएको छैन किनकी हाम्रो देशको सिचाई योजना बद्धनहरहरु एवं अन्य सतह जल प्रणालीहरुमा आधारीत छन् । तर जलवायु परिवर्तन एवं पानीको कमीको यस युगमा परिवर्तन गर्नु आवश्यक छ । हामीले ट्याङकी, पोखरीहरुएव नहरहरु बाट हुने पानीको नोकशानीलार्य कम गर्ने तरिका खोज्नु पर्ने आवश्यकता छ । यस्तो होइन कि आज भन्दा पहिले व्यापरीकरण बाट क्षति हुदैन थियो तर अव तापमान दर वृद्धिले गर्दा ब्यपारीकरणको दरमा पनि तेजी आउने छ । यसैले हामीले योजना बनाउनुका साथ साथै आ-आफ्नो प्रयाहरुमा तिब्रता ल्याउनुपर्ने आवश्यकता छ । अर्को तर्फ तापमान बृद्धिले भुमीको चिस्यानलाई सुकाएर माटोलाई धुलोमा परिवतित गर्ने छ । जस्का कारण सिचाइको आवश्यकता बढ्ने छ ।
हाम्रो देश यस्तो देश हो जहा आज पनि हाम्रो भोजनको मुख्य हिस्सा त्यस्ता इलाकाहरुमा उब्जन्छ जहा पर्याप्त बर्षा हुन्छ एव जस्को उपभोग सिचाइका लागी गरिन्छ । बढ्दो तापमानले भुमीको उवरतामा कमी ल्याउनुका साथै इस्ट वाउल ९ धुलोको कचौरा जस्तो स्थीति उत्पन्न गारउन सक्तछ । यस्को अर्थ हो कि जल प्रवन्धन एव बनस्पति नियोजन सँग सँगैगर्नु पर्ने आवश्यकता छ । जस्ले गर्दा तेज गर्मीको लामो मौसमको बाबजुद भुमीको जल संचयन क्षमतामा वृद्धिहोस । स्वभाविक छ कि गर्मीमा पानिको खपत बढ्ने छ उदाहराणका लागी पेयजल सिचाईका साथ साथै वनजंगलमा घर वस्तीको डढेलो एवं आगलागी निभाउन आफ्नै वनजंगलहरुमा विनाशकारी डढेलो लागेको देखेका छौं ।
तापमा बढनाले यस्ता घटनाहरु बढने छन् । यसैले जलवायु परिवर्तन सँगै पानीको माग वढने छ । यसबाट यो अरु अधिक अनिवार्य हुन जान्छ कि हामीले पानि वा अपशिष्ट पानीलाई खेर जान नदिउ । तर यो नै सम्पूणर् कुरा होइन । तथ्य यो छ कि जलवायु परिवर्तन अप्रत्याशिल वर्षाको घटनाहरुको रुपमा देखिदै छ । यस्को अर्थ क अब कि अव वर्षा सोझै बाढीकै रुपमा देख्न पाइन्छ । हाल विगतको मेलम्ची एव देशको विभिन्न भागमा देखिएको बाढीको प्रलभकारी प्रहारको अनुभव हामी सँग छ । यस्को अर्थ बाढी एवं खडेरीको चक्र तीब्र हुने छ । भनिन्छ एक वर्षमा औसत मात्र १०० दिन झरी पर्छ । अव झरी पर्ने दिनको सख्यामा अझ कमी आउने छ तर अत्याधिक झरी पर्ने दिन भने बढ्ने छ । यसबाट जल प्रवन्धनका लागी बनाइएका हाम्रा योजनाहरुमा व्यापक प्रभाव पर्ने छ । यस्को अर्थ अब हामीले बाढी व्यवस्थापन बारे अझ बढी सोच्नु पर्ने छ ।
नदीहरुमा बाध बनाउनु पर्ने आवश्यकता मात्र हैन बरु बाढीको पानीलाई अनुकुलीत गरेर त्यसलार्य सतह एवं भुमीगत जलदायी स्तर ९स्कवीफर्स० जस्तै इनार एव पोखरीहरुमा जम्मा गर्नु पनी आवश्यक छ ।तर यस्को अर्थ यो पनि हो कि हामीले वर्षा जल संग्रहणको लागी वेग्लै बाट योजनाबनाउनु पर्ने आवश्यकता छ । उदाहरणका लागी जन्ताको तटवन्धन कार्यक्रमलार्य मान्न सकिन्छ । तर अब अति वृष्टी सामान्य घटना भएको छ यस्तो संरचना नयाँ किसीमले तयार गर्नु पर्ने आवश्यकता छ जस्ले गर्दा तीनले मौसमको मारझेल्न सकुन अनि विगतमा मेलेम्ची बजारले व्यहोर्न परेको त्रासदभोग्न नपरोस ।
निष्कर्ष यती मात्र हो कि हामीले जलवायु परिवर्तनको यस युगमा वर्षा एव बाढीको पानीका प्रत्येक थोपा लाई वचाउनका लागी एउटा सुनिश्चीत कार्य योजना बनाउनु पर्ने हुन्छ । यसैले हामीले प्रक्ष्ट सँग बुझ्नु पर्ने हुन्छ त्यो समय पहिले बित्यौ जव हामी पानीका बारे मा गंभीर हुन आवश्यक थियो किनकी जल जीवनएवं संपन्नताको श्रोत हो । अव गंभीरता सँगै संकल्प एवं दृताको पनि आवश्यकता छ । आखीर यही त हाम्रो भविष्यको निणर्ायक हो ।