पृथ्वी राजमार्गमा आवागमन ठप्प भएको छ । धादिङको धार्केस्थित पक्की पुलमा भ्वाङ परेपछि आवागमन ठप्प भएको हो । धादिङको धुनीवेंशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने पक्की पुलको बीचमा भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पुलमा भ्वाङ परेपछि अहिले दुवैतर्फको बाटो बन्द भएको छ भने पुलको मर्मत वा वैकल्पिक मार्गको खोजी भइरहेको धार्के प्रहरीले जनाएको छ ।