काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा बन्ने यात्री मोटरसाइकललगायत सवारी साधन दर्ता गर्न मिल्ने कानून बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले आज मुख्यसचिव शंकरदास बैरागीमार्फत् सम्बन्धित निकायलाई यस्तो कानून बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री कार्यालयले भनेको छ- ‘‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु। सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नेगरि तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु ।’

यसअघि नेपालमा उत्पादन भएका सवारी साधन दर्ता गर्ने कानुन नै नभएको भन्दै यस विषयमा संसद र आम रुपमा प्रश्न उठेको थियो ।