बैतडी । बैतडीमा जीप दुर्घटना हुदाँ एकै गाउँका ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् ।

जीपमा सवार ५जना यात्रुहरु हाम फालेर बाच्न सफल भएकाछन् । बैतडीको झुलाघाटबाट बझाङको बाग्थला जादैँ गरेको से १ ज ७६४ नम्बरको जिप पाटन नगरपालिका ८ झौलेकमा राती ११ बजे दुर्घटना भएको हो । जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने झौलेक मोड स्थीत उकालोमा ब्रेक फेल भएर जिप दुर्घटना भएको अनुमान रहेको छ । जीप चालक सम्पर्कबिहिन् छन् ।

बैतडी प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी र प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाही राती नै घटास्थल पुग्नु भएको थियो । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलबाट शव ल्याउने कार्य बिहान मात्रै गरिने प्रहरी नायव उपरिक्षक शाहीले जानकारी दिएको खबर राजधानी दैनिकमा छ ।