सरकारसँग ५ बुँदे सहमति गरेर एउटा टोली फर्के लगत्तै अर्को मिटरब्याज पीडितको टोली काठमाडौं आएकोछ ।अस्ति आएको टोली माओवादी निकटतम थियो भने अहिले आएको टोलि एमाले निकट मानिएको छ। यो टोलि मिटरब्याज पीडितको समस्या समाधानको माग लिएर  काठमाडौं आएको छ । यी दुबै टोलिका टोलि कमाण्डरले राजनीतिक रङ्ग लिएर आएको बुझिएको छ। राजनीतिक रङ्गले मिटरब्याज पीडितको बास्तबिक समस्या समाधान नहुने देकिएको छ।

अहिले आएको टोलीले मिटरब्याजीहरुले पीडितविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका नयाँ माग राखेको बुझिएको छ ।

यो टोलीमा झापादेखि कैलालीसम्मका मिटरब्याज पीडितको प्रतिनिधिमूलक उपस्थिति भएको दाबी पीडितहरुको छ । ललितपुर सानेपाको शहीद पार्कमा भेला भएका उनीहरुले माइतीघरमा आन्दोलन गर्ने बताएका छन् ।

यसअघि महोत्तरीबाट १२ दिन हिडेर काडमाडौं आएका पीडितले गत शनिबार सरकारले मिटरब्याज पीडितका माग सम्बोधन गर्न अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको थियो । अब सरकारलाई एउटा समस्या आएको छ कसलाई मान्यता दिने र बास्तबिक पीडित को हुन ?