श्रीराम नवमीको अवसरमा जानकी मन्दिर परिक्रमा पथमा निकालिएको शान्तिपूर्ण ¥यालीमा अवरोध पु¥याउने कट्टर मुस्लिमहरुको बचावमा मुस्लिम आयोगले हिन्दू समाजलाई बदनाम गर्ने नियतले अफवाहमुलक विज्ञप्ति जारी गर्नु घोर निन्दनीय एवं राज्यशक्तिको दुरुपयोग हो ।
विहिबार जनकपुरधाममा श्रीराम नवमीको अवसरमा निकालिएको शान्तीपूर्ण शोभायात्राको क्रममा कुनै मस्जिदमा ढुङ्गामुढा भएनन, तर मुस्लिम आयोगले जनकपुरमा मस्जिदमाथि ढुङ्गामुढा गरिएको गलत तथ्य सहितको विज्ञप्ति जारी गरेर आफ्नो कट्टर जिहादी मानसिकता दर्साएको छ ।
मस्जिद अगाडी शोभायात्राले जय श्रीरामको नारा लगाउँदै जान खोज्दा जिहादी मानसिकताका मुस्लिम  व्यक्तिहरुले अवरोध गरेका थिए । यद्यपी, श्रद्धालुहरुले शान्तिपूर्ण रुपले शोभायात्रा निकाल्ने प्रयास गरेका थिए । शोभायात्रालाई मुस्लिमहरुले सो बाटो भएर जान नदिएको तथ्य सामाजिक सञ्जालमा आएका भिडियोहरुमा प्रष्ट देखिएको छ ।
जनकपुरमा विहिबार कुनै पनि मस्जिद वा मुस्लिमको आस्थाको ठाउँमा कुनै प्रकारको ढुँगामुढा भएको प्रशासनले पुष्टि गरेनन् तथापी मुस्लिम आयोगले अफवाहमुलक विज्ञप्ति जारी गर्नु गम्भीर विषय हो । मुस्लिम समुदायका कैयौँ जिहादहरुले समाजिक सँजालमा समाजिक सदभाव भडकाउने गरी अभिव्यक्ति दिँदा केही नबोल्ने मुस्लिम आयोगले झुठो भ्रम फैलाउनु संवैधानिक आयोग एवं राज्यशक्तिको चरम दुरुपयोग हो ।
पटक पटक हिन्दूहरुको पर्वमा अवरोध खडा गर्ने जिहादीहरुलाई कानुनी कारवाही गर्नुको साटो पक्षपोषण एवं संरक्षण गर्ने मुस्लिम आयोगलाई समय मै खारेज गरी देशमा अमन चयन कायम गर्न सम्बन्धित पक्षलाई विश्व हिन्दू परिषद् नेपाल ध्यानाकर्षण गराउँद छ ।
साथै आपसी सद्भाव कायम राख्दै जिहादी मानसिकता भएका व्यक्तिहरुलाई पहिचान गर्दै सर्तक हुन सम्पूर्ण सनातन हिन्दू समाजलाई विहिप नेपाल हार्दिक अपिल गर्दछ ।
जय श्रीराम । नेपाल आमाको जय ।।