sharethis sharing button
चीनले अर्को उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तरपश्चिम चीनको चिउछ्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक नयाँ प्रयोगात्मक उपग्रह अन्तरिक्षमा पठाइएको बताइएको छ ।

सिआन–१९ नामक स्याटेलाइट स्थानीय समयअनुसार अस्ति साँझ ७ बजेर ४१ मीनेटमा प्रक्षेपण गरिएको हो । लङ मार्च–११ क्यारियर रकेटले सफलताका साथ उपग्रहलाई लक्षित कक्षमा प्रवेश गराएको थियो ।

भूमि, स्रोत सर्वेक्षण, शहरी योजना, विपद् रोकथाम र न्यूनीकरण तथा अन्य मिसनमा उपयोग गर्न प्रयोगात्मक उपग्रह अन्तरिक्षमा पठाइएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । प्रक्षेपण केन्द्रकाअनुसार यो लङ मार्च रकेट श्रृंङ्खलाको ४६७ औं उडान मिसन हो ।