लिङ्देनसँग पनि उनले भेटेर मत मागेका छन् । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङले बिहीबार पार्टीका नेतासहित राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगेर लिङ्देनसँग मत मागेका हुन् ।

नेम्वाङ एमाले नेता पृथ्वीसुब्बा गुरुङ, योगेशकुमार भट्टराई, रघुवीर महासेठ, विद्या भट्टराई, गणेश पहाडी र ठाकुर गैरेलगायतका नेतासहित, एकीकृत समाजवादी, रास्वपा र राप्रपा कार्यालयमा पुगेका थिए ।

एमाले सांसद विद्या भट्टराईले एमालेको उम्मेदवार नेम्वाङप्रति राप्रपा नेताहरूको सकारात्मक र सद्भावपूर्ण धारणा रहेको उल्लेख गरिन् । उनले एमालेसँग राप्रपाको विगतदेखि नै सहकार्य हुँदै आएको भन्दै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन् ।राजधानी दैनिक बाट