मिति ः२०८१÷०१÷०९

ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य रु. १००।– दरका १२,००,००० कित्ता स ाधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ । यस सम्वन्धि सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावर लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक श्री सुमन कुमारी जोशी ले हस्ताक्षर गर्नुभयो । ह्वाइट लोटस पावर लिमिटेडले लमजुङ्ग जिल्लाको भुलभुले स्थित हिदि खोलाको पानी सदुपयोग गरि ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।