महोत्तरी। गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरी अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन्। जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भइसकेका महोत्तरीका सङ्घीय सांसद लक्ष्मी कोइरी अहिले निर्वाध रुपमा नियमित काम गरिरहेका छन्।

संसद् महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडी हिड्डुल गरेर चुनौती दिइरहेका छन्। शपथग्रहणदेखि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदासम्म महतो पक्राउ पर्न सकेका छैनन्।

मधेस आन्दोलनको समयमा लखेटी-लखेटी घाइते बनाएर उपचार गर्न लैजाने क्रममा एम्बुलेन्सबाट नै निकालेर सुरक्षाकर्मी थमन विकलाई हत्या गरेको उनीमाथि आरोप छ

उच्च अदालत जनपुरले २०७७ मा महतोलाइ पक्राउ गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। २०७७ देखि फरार रहेका महतो २०७९ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेबाट टिकट लिएर सङ्घको निर्वाचनमा होमिएका थिए।

बारेस मार्फत मनोनयन दर्ता गराएर चुनावी प्रतिस्पर्धामा होमिएका महतो माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै विजयी बनेका हुन्।

निर्वाचन आयोगबाट हस्तान्तरण गर्ने प्रमाणपत्र समेत वारेसमार्फत नै बुझेका महतो प्रहरीको आँखा छल्दै शपथग्रहण लिनसमेत सफल भए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी हेडक्वाटरले काँग्रेसबाट निर्वाचित संसद् टेकबहादुर गुरुङ र महतोलाई संसदीय गतिविधिमा सङ्लन नगराउन पत्राचार गरे पनि  कोइरीलाई भने निरन्तर सङ्लन गराउँदै आइएको छ।