एक्साइड नेपालको नम्बर १ ब्याट्री ब्राण्ड हो । यस ब्राण्डको विशेषतः चार पाङ्ग्रे, दुई पाङ्ग्रे, सोलार र इन्भर्टर तर्फ लक्षित छ । मुलुकभर विक्री एवं सेवा सञ्जाल भएको एक्साइडले आफ्नो ग्राहकवर्गलाई उच्च गुणस्तरीय उत्पादनहरु प्रदान गर्दै आइरहेको छ । यसकै फलस्वरुप एक्साइडको व्यापार निरन्तर अभिवृद्धि भई यसले नेपाली बजारमा अग्रणी स्थान हासिल गर्न सफल भएको हो । एक्साइड ब्याट्रीको नेपालमा आधिकारिक विक्री वितरण गर्ने प्रख्यात व्यापारिक घराना सिप्रदी ट्रेडिङ्गले विगत लामो समय देखि गरिरहेको छ । यस ब्याट्रीले नेपाली ग्राहकहरुको माया र विश्वास जित्ने यात्रामा यसका च्यानल पार्टनरहरुले ठूलो योगदान गर्नुभएको छ । यही योगदानको कदर स्वरूप उनीहरु समक्ष पटक पटक विभिन्न योजना र अफरहरु प्रस्तुत गरिदै आएको छ । यसले ब्राण्डको उन्नतिमा उत्प्रेरकको भूमिका खेली कम्पनी र च्यानल पार्टनरहरु बिचको सम्बन्धलाइ थप सुदृढ गरेको छ ।


यही सन्दर्भमा अटोमोटिभ एवं इन्डष्ट्रियल ब्याट्री सम्बन्धि योजना ल्याईएको थियो जस अन्तर्गत निर्धारित विक्री लक्ष्य हासिल गर्न सफल एक डिलरहरुको टोलीलाइ उपहार स्वरूप ७ रात ८ दिनको लागि युरोपको भ्रमण गराइएको थियो । साथै सिप्रदी स्टाफ मोटिभेसनमा पनी निर्धारित लक्ष्य हासिल गर्न सफल ५ जना स्टाफ लाई पनी उक्त भ्रमणमा समावेश गरिएको थियो । युरोप भ्रमण फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, जर्मनी, र स्विजरल्याण्ड लगायतका मुलुकहरुमा गराइएको हो । भ्रमणको क्रममा एक्साइड ब्याट्रीजका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले उक्त टोलीको नेतृत्व गर्नुभएको थियो । युरोपको भ्रमणको लागि छानिएका डिलरहरुको नामावली तल उल्लेख गरिएको छ ः
१) बिन्दबसिनी ट्रेड्र्स
२) रक्षा सप्लायर्स
३) आरबी इलेक्ट्रिकल्स
४) तिरुपति बालाजी टायर वल्ड प्रा.लि
५) बानेश्वर इलेक्ट्रिकल्स एण्ड सप्लायर्स
६) इजी पावर सोलुसन ट्रेडर्स
७) जे.एस. ट्रेड लिङ्क प्रा.लि
८) ब्याट्री वल्र्ड
९) उग्रतारा ट्रेडिङ्ग

यस क्रममा उनीहरुले यस्ता मुलुकहरुको मुख्य सहरहरुमा अवस्थित प्रख्यात स्थलहरु जस्तै एफिल टावर (फ्रान्स), मन्नेकेन पीस पिस (बेल्जियम), वुडन एण्ड चिज फ्याक्ट्री (नेदरल्याण्ड), माउण्ट टिटलस (स्विजरल्याण्ड) अवलोकन गरेका थिए । यस अतिरिक्त डिलरहरुले रिभर क्रुज, क्यानल क्रुज र सिटी टुर जस्ता अन्य मनोरञ्जनात्मक क्रियाकलापहरु गरेका थिए । युरोप भ्रमण पश्चात वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले उनीहरुलाई यस कार्यक्रमलाई सफल बनाउन सहयोग गरे बापत मायाको चिनोे प्रदान गर्नुभएको थियो । यस प्रकारको योजनाले कम्पनी एवं च्यानल पार्टनरहरु बीचको आपसी सम्बन्धलाई अझ बलियो बनाई दुवै पक्षको व्यवसायिक अभिवृद्धिमा सहयोग गर्दछ । त्यसैले एक्साइड भविष्य दिनहरुमा यसलाई निरन्तर दिन प्रतिवद्ध छ ।