काठमाडौं, १८ पुस । प्रभु क्यापिटलका ग्राहकले सिद्धार्थ बिजनेश ग्रुप अन्तरगतका होटल, रेष्टुरेन्टमा २० प्रतिशतसम्म छुट पाउने भएका छन । क्यापिटलले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीसंग हितग्राहीलाई सेवामा छूट दिनका लागि याे व्यवसायिक सम्झौता गरेको बताएकाे छ। अाज बुधबार गरिएको उक्त सम्झौता २ वर्षका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।


सम्झौता बमोजिम सिद्धार्थ बिजनेश ग्रुप अन्तरगतका होटेल, रिर्सोट, रेष्टुरेन्ट तथा क्याफेमा सेवा लिदा प्रभु क्यापिटलका हितग्राही ग्राहकहरुले खाना तथा पेर्य पदार्थमा १० प्रतिशत तथा रुम बुकिङ्गमा २० प्रतिशत छुट अफर पाउनेछन् । प्रभु क्यापिटलका ग्राहकले आफ्नो डिम्याट कन्फर्मेशन तथा परिचयपत्र देखाउनु पर्नेछ ।

कम्पनीले हितग्राही (डिम्याट) खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको बताएको छ ।

सिद्धार्थ ग्रुपले नेपालको विभिन्न जिल्लाहरुमा हस्पिटयालिटी सेवाहरु दिदै आएको छ। जसमा हाल १४ होटेल तथा रिर्सोट, ४ रेष्टुरेन्ट रहेका छन भने २ क्याफे गरि २० स्थानबाट सेवा दिदै आएको छ ।

जसमा सिद्धार्थ बुटिक होटल बौद्ध, सिद्धार्थ कटेज रेष्टुरेन्ट तीनकुने, एस क्याफे सुविधानगर, तीनकुने, सिद्धार्थ कटेज रेष्टुरेन्ट धोबीघाट, सिद्धार्थ फुडल्यान्ड पुरानो बानेश्वर, सिद्धार्थ कटेज एण्ड होटेल बुटवल, सिद्धार्थ भिलासा भैरहवा, सिद्धार्थ होटल ग्रीन लुम्बिनी, सिद्धार्थ भिलासा चितवन, रिभर साइड रिसोर्ट चुम्लिङ्गटार, चितवन, सिद्धार्थ लुम्बिनी ग्रीन रिर्सोट चन्द्रौटा, सिद्धार्थ नेपालगन्ज, कटेज रेष्टुरेन्ट नेपालगन्ज, एस क्याफे नेपालगन्ज, सिद्धार्थ होटल टीकापुर, कैलाली, सिद्धार्थ रिसोर्ट चिसापानी, कैलाली, सिद्धार्थ होटल ग्रान्ड सिटी बिर्तामोड, सिद्धार्थ होटल न्यू आनन्द महेन्द्रनगर, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत, सिद्धार्थ होटल वाटर टावर नुवाकोट आदि रहेका छन् ।

प्रभु क्यापिटल लिमिटेड मर्चेन्ट बैंकमा अग्रणी क्यापिटल हो । जसले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई प्रभावकारी रुपमा मर्चेन्ट बैकिङ्ग सेवा दिनुका अतिरिक्त समय समयमा यस्ता व्यवसायिक सम्झौता गरी यस्ता छूट तथा अफर सुबिधा मार्फत ग्राहकलाई थप सन्तुष्टि दिन समेत अग्रसर रहेको देखिन्छ ।