नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको १५औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित मिति ८ पुस, २०८० को औपचारिक कार्यक्रममा एनसीएचएल र नेप्स बीच गाभ्ने÷प्राप्ति सम्बन्धि प्रारम्भिक साझेदारी भएको छ । एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक श्री महेश शर्मा ढकालज्यू र नेप्सका मर्जर समितिका संयोजक श्री संजीव कुमार श्रेष्ठज्यू बीच उक्त समझदारीपत्र आदानप्रदान गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारीज्यू, डेपुटी गभर्नर श्रीमती डा.निलम ढुंगाना तिमसिनाज्यू, नेपाल राष्ट्र बैंकका उच्च पदाधीकारीज्यूहरु, नेपाल बैंकर्स संघ, डेभलप्मेन्ट बैंकर्स संघका अध्यक्षज्यू र नेपाल वित्तीय संस्था संघका फस्ट उपाध्यक्षज्यू लगायत बैंक वित्तीय संस्थाका प्रमुखज्यूहरु समेतको उपस्थिति ।