काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्नेमध्यका एक नरबहादुर कर्मचार्यका भाईको निधन भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका दाजुसमेत रहेका लक्ष्मण बहादुर कर्माचार्य ९६ बर्षको उमेरमा गएराति निधन भएको गृहमन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।  गृहमन्त्री श्रेष्ठले भने, ‘भौतिक रुपमा हामी सबैबाट बिदा हुनुभयो । उहाँको दुःखद निधनबाट स्तब्ध भएको छु । उहाँप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछु ,श्रध्देय भाउज्यु लगायत शोकाकुल सबैमा गहिरो समवेदना प्रकट गर्दछु र यस क्षणमा हामी सबैमा दुःख सहने र धैर्य धारण गर्ने शक्ति प्राप्त हुन सकोस  भन्ने कामना गर्दछु । नेकपाका संस्थापक सदस्य क. नरबहादुर कर्माचार्यका भाई समेत रहनु भएका श्रध्देय दाज्यु सदा स्मरणीय रहनुहुनेछ । ललितपुरको कुम्भेस्वर स्थित उहाँको घर गत क़रीब ९ दशक देखि लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण केन्द्र रहँदै आएको छ । दुवै दाज्युहरु आज हामीसँग नरहनु भएपनि उहाँहरु र त्यो घर हामी सबैको आस्था र प्रेरणाको केन्द्र रहिरहनेछ ।’ कर्मचार्यको  अन्तिम संस्कारको कार्य आज बिहान ८ बजे पशुपति आर्यघाटमा गरिने श्रेष्ठले बताए ।