(३ पुस, २०८०)

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो २३० औंैं संञ्चालक समितिको बैठकबाट श्री रामु पौडेलज्यूलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेकोछ । आजको औपचारिक कार्यक्रममा वहाँले डेप्युटी गभर्नर श्री बम बहादुर मिश्रज्यू सँग अध्यक्ष पदको सपथ ग्रहण गर्नुभएको छ । नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो । श्री रामु पौडेलज्यूको केन्द्रिय बैंकको विभिन्न विभागमा २२ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेकाछन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

थप जानकारीका लागि www.nchl.com.np मा हेर्नुहोला ।