शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारत तर्फ निर्यात शुरुवात गरेको छ । उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रम अन्तर्गत मिति २०८०÷०८÷१६ गते देखि क्लिङ्कर औपचारिक कार्यक्रम माझ शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटी निर्यातको शुरुवात गरिएको छ । उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून ःन्इ तथा उच्चस्तरिय चुनढुङगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफल भएको छ ।
उद्योगले माघ २०७८ बाट व्यवसायिक उत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३००० मे.ट. क्षमता रहेको छ । व्यवसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले इएऋ (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ ।