काठमाडौं, १८ मंसिर । कुनै एक अनलाईन पत्रिकामा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्था र संस्था प्रमुखका विरुद्धमा पटक–पटक प्रकाशित तथ्यहिन समाचार प्रति गम्भिर ध्यानकार्षण भएको छ ।
यसरी अनलाईन पत्रिकामा आँचार संहिताको सामान्य मूल्य, मान्यता र धर्म समेतको पालना नगरी संस्थाका सञ्चालक समिति तथा संस्था प्रमुुख विरुद्धमा आम जनसमुदायमा दिगभ्रमीत पार्ने खालका झुठा, भ्रामक तथा तथ्यहिन समाचार समप्रेषण गरेकोप्रति संस्थाले खेद प्रकाट गरेको छ । गर्दा संस्था र सम्वन्धित व्यक्तिसंग कुनै किसीमको बाईट÷प्रतिक्रिया नलिई एकपक्षिय तवरले लगाईएको आरोप भ्रमीत, व्यक्तिगत चरित्र हत्या गर्ने, बदनाम गर्ने बाहेक अरु केही नदेखिएकाले यस प्रकारका भ्रामक समाचार प्रति संस्था खेद प्रकट गर्दछ संस्थाद्वारा जारी विज्ञपिप्तमा भनिएको छ ।
समाचारमा भनिएजस्तो संस्थाले वित्तीय अनुशासन विपरीत कार्यहरु गर्ने गरेको, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना नगरेको, पदिय दुरुपयोग गरी भ्रष्टाचारजन्य गतिविधिहरु भएको तथा संस्थागत सुशासन कमजोर भएका जस्ता विषयहरु निराधार र तथ्यहिन भएको सपष्ट पारेको छ ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. एक सार्वजानीक संस्था (पव्लिक कम्पनी) भएको हुँदा संस्था कम्पनी ऐन, बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन, नेपाल राष्ट्र बैंकले विभिन्न समयमा प्रदान गर्ने निर्देशन लगायत संस्थाका आन्तरीक नीति नियम र कार्र्यविधिहरुको अधिनमा रहि सञ्चालनमा रहेको व्यहोरा सम्वन्धित सबैमा जानकारी गराउन चाहान्छौं संस्थाले जारी गरेको विज्ञप्तिमाउल्लेख छ ।
संस्थामा समय समयमा नेपाल राष्ट्र बैंक लगाएतका नियामक निकायहरुबाट स्थलगत र गैर स्थलगत निरीक्षण कार्य सम्पन्न भएको प्रष्टपार्दै संस्थाले वार्षिक रुपमा वाह्य लेखापरीक्षण सम्पन्न गरी वित्तीय विवरण सार्वजानीक गरेको छ भने छुट्टै आन्तरीक लेखापरीक्षण विभागले संस्थागत सुशासन कायम गर्न कुनै कसर बाँकी नराखेकाले संस्था र संस्था प्रमुख विरुद्ध आएका समाचारहरुलाई लिएर कुनै पनि गलत धारणा नबनाउन संस्थाका शेयरधनी, ग्राहक सदस्य तथा संस्थासंग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने सम्वन्धित सबैमा आग्रह समेत गरेको छ ।
उद्यपिसंस्थाबाट कुनै कमि कमजोरी भएको भए स–प्रमाण औँल्याईदिनु समेत माग गरेको छ ।